PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

दुई फिल्म 'पण्डित बाजेको लौरी र 'बोबी'को गीत रिलिज



पहिलोपोस्ट

दुई फिल्म 'पण्डित बाजेको लौरी र 'बोबी'को गीत रिलिज

काठमाडौं:  दीपक ओली निर्देशित फिल्म 'पण्डित बाजेको लौरी'को गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले 'चोली तुना' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।

 कृष्ण केसीको शब्द तथा श्री कृष्ण बम मल्लको संगीत रहेको गीतको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। गीतमा अभिनेत्री सन्ध्या केसी, मरिष्का पोख्रेल, विजय बराल र प्रमोद अग्रहरि फिचर्ड छन्।

एउटा गाउँ भित्र पण्डित्याई गर्ने पण्डितहरुको कथामा बनेको फिल्ममा उनीहरुसँगै लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतको मुख्य अभिनय छ। अधृत फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्मलाई थमनकुमार भण्डारी (राज) र किशोर खड्काले निर्माण गरेका हुन्।

फिल्ममा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर गिरीको छायाँकन, मित्र डि गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत रहेकोछ।फिल्म साउन ४ गते प्रदर्शन हुनेछ।

त्यस्तै फिल्म प्रदर्शनको मिति नजिंदै जाँदा 'बोबी' निर्माण टिमले पनि गीत सार्वजनिक गर्यो। मिलन चाम्स निर्देशित फिल्मको 'आँखाको नानी' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। बसन्त सापकोटाको शब्द तथा संगीत रहेको यस गीतमा गायक राजेश पायल राई र दीपा लामाको स्वर रहेको छ।

रियल जोडीको रियल प्रेमकथामा बनेको फिल्मको गीतमा रियल जोडी कविता गुरुङ र उमेश थापा फिचर्ड छन्। फिल्ममा कविता र उमेशसंगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतको अभिनय छ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममामा संचारकर्मी नरेश भट्टराईको कथा, नवराज कृष्ण थापाको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ। .

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell