PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

पप्पु कन्स्ट्रक्सनको पक्की पुल प्रगति : ७ वर्षमा २५ प्रतिशतमात्र, ‘पचास लाख खर्च भइसक्यो, मलाई कुनै बेनिफिट छैन’



पी बी खड्का

पप्पु कन्स्ट्रक्सनको पक्की पुल प्रगति : ७ वर्षमा २५ प्रतिशतमात्र, ‘पचास लाख खर्च भइसक्यो, मलाई कुनै बेनिफिट छैन’

सुर्खेतः कर्णाली प्रदेश र प्रदेश ५ जोड्ने निर्माणाधिन तेलपानी–भुरीगाउँ भेरी नदीको पक्की पुल सम्झौता मिति टरेको २ वर्ष भयो। तर, पुलको काम भने ७५ प्रतिशत अधुरै छ। पुललाई कर्णालीको विकासका लागि प्रमुख नाकाका रुपमा हेरिएको छ।
 
पुल निर्माण सम्पन्न भए प्रदेश ५ को बर्दिया भुरीगाँउ र कर्णाली प्रदेश सुर्खेतको रानिघाट सिधा जोडिने छ भने यसै पुल मार्फत प्रदेश ७ समेत जोडिने छ। 

३४ किलोमिटर रहेको सडक खण्ड छिटो र सहज हुने अपेक्षा गरिएको छ। 

२०६९ असार २९ मा पुलको निर्माण सम्झौतामा पप्पु÷मल्ल जेभी कन्ट्रक्सनले निर्माण कार्यको जिम्मेवारी पाएको थियो। निर्माण कार्य जिम्मा पाएको करिव तिन वर्षमा सक्नुपर्ने थियो। तर, पुल भने अहिले सम्म भौतिक रुपमा २५ प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर दिपेन्द्र विष्टले जानकारी दिए। १४ करोड २९ लाख ८९ हजारमा ठेक्का सम्झौता भएको उनले बताए। 

निर्माण व्यवसायीले २०७२ असार मसान्तमा सक्नु पर्ने थियो तर, अझै काम ७५ प्रतिशत गर्नै बाँकी रहेको छ। पुलको ओपन फाउण्डेशन सकिसकेको छ भने, विचको र रानिघाट तर्फको ओयल पिलर करिव आधा–आधा भएको छ। निर्माण व्यवसायीले पिलरको आसनमा चट्टान हुँदा ढिलाई भएको र यसको डिजाईननै बदल्नु पर्ने बताउँदै आएका छन्। 

बाजी थापेर डुंगामा र किस्तीमा वारपार


अहिले सडक सञ्चालनमा आए पनि पुल नबन्दा निकै सास्ति खेप्नु पर्ने बाध्य छन् स्थानीयवासी। पुल नबनेकै कारण यहाँका सर्वसाधारणहरु ज्यानको बाजी थापेर डुङ्गा र किस्तिमा वारपार गर्न बाध्य छन्। 

रानिघाट स्थित स्थानीयवासी अन्जु सुनारले भनिन्,‘६/७ वर्ष भइसक्यो पुल नबन्दा निकै दुःख भएको छ।’ उनले भनिन्,‘वारपार गर्दा ज्यानको बाजी थापेर डुङ्गामा र किस्तीमा वारपार गर्नुपर्छ।’

निर्माण व्यवसायी मल्ल  


निर्माण व्यवसायी कर्णबहादुर मल्ल पुल निर्माण कार्य तदारुक्ताका साथ गरेको भन्दै ओपन फाउण्डेशन सकिएको बताए। ‘पिलर जाने ठाउँसम्म गएको र अब ठुला–ठुला रुनहरु लागेको हुँदा जान सकेको छैन।’ उनले भने,‘मैले गर्नुपर्ने काम त गरेकै छु।’
 
फेरि थपे,‘पोहोर मात्रै ५० लाख खर्च भएको छ, मलाई कुनै बेनिफिट पनि छैन।’

पुलको पहिले विचको पिलर डिजाईन चेन्जका लागि पठाएको हुँदा रि–डिजाईन गुर्नपर्ने बताए। जसका लागि यो काम गरेर कुनै अर्थ हुदैन विभागले प्रक्रिया पुरा गरे मात्रै रि–डिजाईन हुने भने पछि ढिला भएको उनले दावि गरे। अव रि–डिजाईन भयो भने काम तिव्र गतिमा अघि बढ्ने व्यवसायी मल्लले बताए।

सडक डिभिजन प्रमुख भुजेल


सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले पुलको रि–डिजाईनका लागि विभागमा पठाउने तयारी भएको बताए। 

‘पिलरको आसनमा चट्टान लागेकाले गोतार खोर लगाईसकेका छौँ उनीहरुले पनि चट्टान छ भने, अव ड्रिइल गरी रि–डिजाईनका लागि विभागमा पठाउने छौँ।’ पुलको काम छिटो सकाउनु पर्छ भनेर बेला बेला तोकता गर्दै दवाव दिने काम गरिरहेको बताए।

२ वर्षमा काम सक्न मन्त्री खत्रीको निर्देशन


पुल निर्माणको काममा ढिलाईमा निर्माण व्यवसायीको लापरवाही भएको भन्दै प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीले अब २ वर्ष भित्र सक्नुपर्ने निर्देशन दिईसकेको बताए।

'पुलको काम जुन गतिमा हुनुपथ्र्यो त्यो गतिमा नहुँदा मैले मन्त्री भएलगत्तै अवको दुई वर्षभित्र काम सक्न निर्देशन दिएको छु।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell