PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पूर्व मन्त्री शर्माको आग्रह : आर्थिक जग हाल्ने गरी बजेट आएको छ, अनावश्यक टिकाटिप्पणी नगर्नुस्



पी बी खड्का

पूर्व मन्त्री शर्माको आग्रह : आर्थिक जग हाल्ने गरी बजेट आएको छ, अनावश्यक टिकाटिप्पणी नगर्नुस्

सुर्खेत : सरकारको बजेट आर्थिक जग हाल्ने गरी आएको प्रतिनिधि सभाका सदस्य एवं पूर्वगृहमन्त्री जनार्धन शर्माले बताएका छन्। शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पत्रकार भेटघाटमा बोल्दै शर्माले बजेटका विषयमा कोही कसैले टिका टिप्पणी गर्न नपर्नेे बताए। बजेटका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै आर्थिक जग हाल्ने बजेट आएको दावी गरे।

‘बजेट जग हाल्नेगरी आएको छ,’ उनले भने, ‘बजेटका विषयमा अनावश्यक टिका टिप्पणी भइरहेको छ।’ 

बजेटले सातवटै प्रदेश र योजनालाई समान तरिकाले समेटेको भन्दै अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरे। 

आवश्यकताका आधारमा पार्टीको संरचना

मन्त्री शर्माले नेकपाको प्रदेश, जिल्ला र अन्य तल्लो निकायका संघ संगठनहरु प्रतिशतमा नभई आवश्यकताको आधारमा तय गरिने बताए।

‘केन्द्रमा पार्टी एक भइसक्यो,’ उनले भने, ‘अब प्रदेश, जिल्ला र अन्य तल्लो तहका संगठनहरु पनि छिट्टै एक हुन्छन्। त्यसका लागि कार्यदल गठन गरेर गृहकार्य भएको छ।’

‘पार्टीमा अब प्रतिशत हुँदैन, जहाँ जे जति आवश्यक हुन्छ, त्यही अनुसार संरचना तयार हुन्छ,’ उनले थपे। अबको दुई वर्षभित्र पार्टीको महाधिवेशन हुने समेत बताए।
 

दश वर्षमा देशकै धनी प्रदेश बन्ने

शर्माले अबको १० वर्षमा कर्णाली देशकै धनी प्रदेश बन्ने बताए। कर्णालीवासीको जनजीवन बदल्ने अठोट सहित लागेको उनको दावी थियो।
 
‘कर्णाली प्रदेशको अव दश वर्षमा देशकै धनी प्रदेश बनाउँछौँ,’ उनले भने,‘यहाँका नागरिकको जनजीवन बदल्ने अठोट लिएका छौँ।’

प्रदेशमा थुप्रै स्रोत र सम्भाव्यताको खानी भएकाले विकास र समृद्धि खोज्न टाढा जानुनपर्ने बताए। कर्णाली क्षेत्रमा भएको स्रोत र साधनलाई आवश्यकताका आधारमा प्राथमिकता दिएर परिचालन गरे प्रदेश समृद्ध बन्ने उनले बताए। प्रदेशको विकासका लागि थप संघीय सरकारसँग पनि माग गरिएको बताए। कर्णालीका जनताको आकांक्षा पूरा गर्नेगरी प्रारम्भीक कार्य थालनी भएको पनि बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell