PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

नुवाकोट गोल्डकप : फ्रेण्ड्सलाई फराकिलो अन्तरले हराउँदै नुवाकोट-११ सेमिफाइनलमा



रासस

नुवाकोट गोल्डकप : फ्रेण्ड्सलाई फराकिलो अन्तरले हराउँदै नुवाकोट-११ सेमिफाइनलमा
फोटो : गोलनेपाल डटकम

नुवाकोट : नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा घरेलु टोली नुवाकोट-११ ले एडिभिजन क्लब फ्रेण्ड्स काठमाडौँलाई फराकिलो गोल अन्तरले हराएको छ।

बट्टारस्थित खेल मैदानमा शनिवार भएको खेलमा नुवाकोट–११ ले बलियो प्रतिद्वन्द्वी फ्रेण्ड्सलाई ५-० को फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

नुवाकोट टोलीले खेलको पहिलो हाफको ३३ औँ मिनेटमा कप्तान राजकुमार कुमालले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको थिए। थप चार गोल दोस्रो हाफमा भएको थियव। ४८ औ मिनेटमा भिक्टर अमुबी, ५५ औँ र ५९ औँ मिनेटमा अमिर श्रेष्ठ र ६९ औँ मिनेटमा विकेश लामाले घरेलु टोली नुवाकोटको लागि गोल गरे।

यसवर्ष मात्र स्थापित भएको नुवाकोट–११ टोलीले यसअघि पहिलो खेलमा चितवन–११ लाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको थियो भने फ्रेण्ड्स क्बल पहिलो खेलमा नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले २ लाख पुरस्कार पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell