PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बजेटको सैद्धान्तिक छलफल सकिँदै, अर्थमन्त्रीले संसदमा जवाफ दिने



पहिलोपोस्ट

बजेटको सैद्धान्तिक छलफल सकिँदै, अर्थमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको सैद्धान्तिक छलफल प्रतिनिधिसभामा आज सकिँदैछ। राष्ट्रियसभामा सैद्धान्तिक छलफलको क्रम शुक्रबार नै सकिएको छ। प्रतिनिधिसभामा छलफलमा भाग लिने सांसद् संख्या बाँकी रहेका कारण आइतबार पनि छलफलको समय तोकिएको छ।

संसद् सचिवालयले आइतबार छलफल र अर्थमन्त्रीको जवाफको कार्यसूची तोकेको छ। अर्थमन्त्रीले छलफलमा उठेका प्रश्न दिएपछि सैद्धान्तिक छलफल सकिनेछ। सैद्धान्तिक छलफलपछि संसद्मा मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथि छलफल सुरु हुनेछ।

संसद् सचिवालयले मन्त्रालयगत विवरण समेटिएको रातो किताब भाग दुई पाइसकेको छैन। उक्त विवरण प्राप्त भएपछि मन्त्रालयगत रूपमा बजेट छलफल हुनेछ। 

मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनेछन्। मन्त्रीको जवाफपछि बजेट पारितको प्रक्रिया सुरु हुनेछ। उक्त अवधिमा सांसद्लाई बजेटमाथि खर्च कटौती तथा अन्य संशोधन दर्ताका लागि समय दिइनेछ।

बजेटका चार विधेयकमध्ये विनियोजन विधेयक असार मसान्तसम्म पारित भइसक्नु पर्नेछ। सरकारले विनियोजनसहितका सबै आश्रित विधेयक संसद्मा पेस गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell