PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

रसिया विश्वकपको पुरस्कार राशी अघिल्लो भन्दा धेरै, विजेतालाई ४ अर्ब ४ करोड, कसले कति पाउँछन्?



पहिलोपोस्ट

रसिया विश्वकपको पुरस्कार राशी अघिल्लो भन्दा धेरै, विजेतालाई ४ अर्ब ४ करोड, कसले कति पाउँछन्?

विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल मेला हो फिफा विश्वकप फुटबल। फुटबल युनिभर्सल गेम नै हो। यसलाई नबुझ्ने र नहेर्ने सायदै कोही होला। अझ फुटबलकै विश्वकप भनेपछि अहिले सारा विश्वकको ध्यान रसियातिर छ।

आयोजक रसिया र छनोट चरण पार गरेका अन्य ३१ गरी कूल ३२ राष्ट्र विश्वकपको ट्रफी उचाल्नका लागि जुन १४ देखि जुलाई १५ सम्म प्रतिस्पर्धामा उत्रनेछन्।

३२ मध्ये एक टिम मात्र विजेता हुनेछ त्यो सबैलाई थाहा नै छ। विजेताले नगद पुरस्कार पनि पाउनेछन्। तर विश्वकप खेल्ने सबै ३२ वटै राष्ट्रले पनि नगद पुरस्कार पाउनेछन्।

अब विजेताले कति रकम पाउँछन् भन्ने लाग्ला।

२०१८ रसिया विश्वकपको विजेताले अघिल्लो वर्ष ब्राजिलमा भएको च्याम्पियनले भन्दा ३ मिलियन बढी पाउँनेछन्।

सन् २०१४ र २०१८ को विश्वकपको पुरस्कार राशीको तुलना

यो पटक विश्वकपको पुरस्कार राशी ३५८ मिलियनबाट बढाएर ४०० मिलियन बनाइएको छ।

त्यो भनेको ४० करोड अमेरिकी डलर अर्थात नेपालीमा झण्डै ४३ अर्ब हुनेछ।

त्यसो भए विजेताले कति पाउँछन् अनि अन्य टिमले कति रकम पाउँछन् त?

विश्वकपमा समूह चरणबाटै बाहिरिने टिमले पनि खाती हात फर्कनुपर्ने छैन।

विजेताले ३८ मिलियन अमेरिकी डलर अर्थात ४ अर्ब भन्दा बढी नेपाली रकम पाउनेछन्।

यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८-८ मिलियन तथा प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिमले १२-१२ मिलियन अमेरिकी डलरका दरले पाउनेछन् भने क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६-१६ मिलियन डलरका दरले पाउनेछन्।

यसैगरी चौथो हुने टोलीले २२ मिलियन अमेरिकी डलर, तेस्रो हुनेले २४ मिलियन तथा उपिवजेताले २८ मिलियन डलर पाउनेछन्।

 

विश्वकप खेल्ने टोलीले पाउने रकम नेपालीमा कन्भर्ट गर्दा यस्तो हुन्छ

 

पोजिसन          प्राइज  मनी पर टिम              टोटल प्राइज

समूह चरण        ८६ करोड ८ लाख                 १३ अर्ब ७७ करोड २८ लाख

प्रिक्वाटरफाइनल    १ अर्ब २९ करोड १२ लाख           १० अर्ब ३२ करोड ९६ लाख

क्वाटरफाइनल     १ अर्ब ७२ करोड १६ लाख             ६ अर्ब ८८ करोड ६४ लाख

चौथो स्थान       २ अर्ब ३६ करोड ७२ लाख     

तेस्रो स्थान        २ अर्ब ५८ करोड २४ लाख

दोस्रो स्थान        ३ अर्ब १ करोड २८ लाख

विजेता            ४ अर्ब ८ करोड ८८ लाख

कूल     ४३ अर्ब ४ करोड

नोट : जुन ३ मा नेपाल राष्ट्रक बैंक बिक्रीदर अनुसार अमेरिकी डलराई नेपालीमा कन्भर्ट गर्दा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell