PahiloPost

May 15, 2026 | १ जेठ २०८३

विश्वकपमा गोल गर्ने कीर्तिमान : ११ सेकेण्डमा गोल गर्नेदेखि एकै खेलमा ५ गोल गर्नेसम्म



पहिलोपोस्ट

विश्वकपमा गोल गर्ने कीर्तिमान : ११ सेकेण्डमा गोल गर्नेदेखि एकै खेलमा ५ गोल गर्नेसम्म

फिफा विश्वकप फुटबलमा अहिलेसम्म विभिन्न खाले गोलका कीर्तिमान बनेका छन्। सन् १९५८ मा फ्रान्सका जस्ट फन्टेनले बनाएको कीर्तिमान ६० वर्ष बितिसक्कदा पनि अहिलेसम्म कसैले तोड्न सकेका छैनन्।

यस्तै सबैभन्दा छिटो गोल गर्ने, एकै खेलमा सर्वाधिक गोल गर्ने लगायत विभिन्न गोलका कीर्तिमानहरु बनेका छन्।

अहिलेसम्म विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने जर्मनीका मिरोस्लाभ क्लोजको नाममा छ। क्लोजले ४ विश्वकप खेल्दै १६ गोल गरेका हुन्।

फ्रान्सका फन्टेनले सन् १९५८ को एउंटै विश्वकमा १३ गोल गरेका थिए जुन कीर्तिमानको नजिक समेत कोही पुग्न सकेका छैनन्। उनी सर्वाधिक गोल गर्नेको सूचीमा समेत मिरोस्ला क्लोज, रोनाल्डो र गर्ड मुलरपछि चौथो स्थानमा छन्।

सन् २००२ देखि २०१४ सम्म ४ पटक विश्वकप खेलेका क्लोजले सर्वाधिक १६ गोल गरेका छन्। यस्तै ४ पटक विश्वकपमा सहभागिता जनाएका रोनाल्डोले १५ गोल गरेका छन्। सन् १९९४ मा उनले कुनै खेल खेल्न भने पाएनन्।

यसैगरी रसियाका ओलेग सालेन्को एउटै खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले सन् १९९८ मा सेनेगल विरुद्धको खेलमा एक्लैले ५ गोल गरेका थिए।

सन् २००२ मा टर्कीका हाकन सुकरले दक्षिण कोरिया विरुद्ध खेल सुरु भएको ११ सेकेण्डमै गोल गरेका थिए। जुन कीर्तिमान अहिलेसम्म कायम छ।

वर्तमान विश्व फुटबलका दुई चर्चित खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म समान ३ विश्वकप खेल्दा मेसीले ५ तथा रोनाल्डोले ३ गोल मात्र गरेका छन्।

 

विश्वकपको २० वटा संस्करण आयोजना भइसक्कदा यी हुन् विश्वकपका अहिलेसम्मका सर्वाधिक गोलकर्ता

 

मिरोस्ला क्लोज : १६ गोल

रोनाल्डो : १५ गोल

गर्ड मुलर : १४ गोल

जस्ट फन्टेन : १३ गोल

पेले : १२ गोल

सान्डोर कोसिस, युर्गेन क्लिनसम्यान : ११ गोल

हेलमट रहन, ग्यारी लिनेकर, गाब्रीएल बाटिस्टुटा, ट्युफिलो कुविलास, थोमस मुलर, ग्रेगोज लाटो : १० गोल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell