काठमाडौँः पूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ। दुबै मिर्गौलामा समस्या आएपछि करिब दुईं महिनादेखि गाण्डी अस्पतालमा उपचाररत शाहीको आइतबार बिहान निधन भएको हो।
ग्राण्डी अस्पतालका मिडिया कोअर्डिनेटर विनोद अधिकारीले शाही करिब दुई महिनायता अस्पतालमा उपचाररत रहेको बताए।
शाही पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहमन्त्री थिए। उनको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
