PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन कांग्रेसको माग



पहिलोपोस्ट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन कांग्रेसको माग

काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर सांसद् अतहर कमाल मुसलमानले मूल्यवृद्धि फिर्ताको माग गरेका हुन्। उनले मुल्यवृद्धि फिर्ताका लागि सभामुखको ध्यानाकर्षणसमेत गरे।

मूल्यवृद्धि गरिब जनताको विपक्षमा रहेको र अन्य सेवाका क्षेत्रमा समेत यसको असर पर्ने भन्दै फिर्ता लिन माग गरेका हुन्। 

नेपाल आयल निगमले आइतबार रातिबाट लागू हुने गरी मूल्य बढाएको थियो। निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३÷३ रुपैयाँ वृद्धि गरेको थियो। 

बढेको मूल्य अनुसार पेट्रोलको मूल्य ११३ पुगेको छ। यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ। ग्यासको मूल्य भने यथावत रहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell