PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

रामेशको 'युगीन आवाज' सम्पन्न



पहिलोपोस्ट

रामेशको 'युगीन आवाज' सम्पन्न

काठमाडौं:  गणतन्त्र दिवसको अवसरमा रामेश श्रेष्ठको एकल गायन ‘युगीन आवाज’ सम्पन्न भएको छ। ‘राष्ट्रिय नाचघर’को आयोजनामा सम्पन्न एकल गायनमा रामेशले १५ ओटा गीतहरु गाएका थिए।

कार्यक्रममा ७४ वर्षिय रामेशलाईप्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गरे। प्रधानमन्त्री ओलीसँगै, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति मन्त्री रबीन्द्र अधिकारीले उनलाई अभिनन्दन गरेका हुन्।
कार्यक्रममा  रामेशले आफ्ना नयाँ पुराना गीतहरु सुनाए। 

रामेशलाई प्रत्यक्ष गायनमा उनका साथी रायनले पनि साथ दिए। एकल साँझमा रामेशले 'तिमी देउ तिम्रा हातहरु', 'मेरो देश खोज्दै जाँदा', 'ओ जनता महान', 'ऋतु गीत', 'आर्यशिल जिन्दगी', 'ओलाङचुङगोला', 'मेरो प्यारो ओखलढुँगा' , 'गाउँ गाउँबाट उठ' बोलका गीतहरुको प्रस्तुति दिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell