काठमाडौँ: सुन तस्करीको बारेमा आफूले प्रधानमन्त्रीलाई र सभामुखलाई अरोप नलगाएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेमकुमार सुवालले स्पष्ट पारेका छन्।
आइतवार प्रतिनिधि सभामा सासद सुवालले भने 'सुन तस्करीबारे मैले सरकारलाई सचेत गराउन खोजेको थिएँ। प्रधानमन्त्री र सभामुखलाई कुनै आरोप लगाएको थिइनँ। तर संसदमा एउटा सदस्यले अर्को सदस्यको नामै किटेर बोल्ने सांसदको आचारसहिता भएन।'
सद सुवालले नाम नै किटेर संसदमा भन्नेलाई तालिम दिन पनि माग गरेका छन्।