
जुन १४ बाट रसियामा हुने विश्वकप अघि खेलिएको वार्म अफ म्याचमा विश्वविजेता जर्मनी अष्ट्रियासँग पराजित भएको छ।
गोलकिपर मानुएल नोएले कमब्याक गरेको खेलमा जर्मनी अग्रता जोगाउन नसक्दा अष्ट्रियासँग २-१ ले पारजित भएको हो।
मेसुट ओजिलको गोलमार्फत जर्मनीले खेलको ११औँ मनिटमै अग्रता लिएको थियो। तर दोस्रो हाफमा अष्ट्रियाले उत्कृष्ट पुनरागमन गर्दै २ गोल फर्कायो। उसका लागि मार्टिन हनिटेरेगरले ५३औँ तथा अलेसान्द्रो सोचेफले ६९ औँ मनेटमा गोल गरे।
यस्तै वार्म अफ म्याचमै इंगल्याण्डले नाइजेरियालाई २-१ ले पराजित गरेको छ। इंग्लयाण्डको लागि ह्यारि केन र ग्यारी काहिलले एक-एक गोल गरे।
नाइजेरियाका लागि एलेक्स इओबीले एक गोल फर्काए।
पोर्चुगल र बेल्जियाले भने गोलरहित बराबरी खेले।