PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

पिएम कप क्रिकेट : लगातार तेस्रो खेल जित्दै आर्मी सेमिफाइनलमा



पहिलोपोस्ट

पिएम कप क्रिकेट : लगातार तेस्रो खेल जित्दै आर्मी सेमिफाइनलमा
फाइल फोटो

काठमाडौं : त्रिभुवन आर्मी राजधानीमा जारी दोस्रो प्रधानमन्त्री कप वान डे क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ।

आइतवार भएको खेलमा प्रदेश ४ लाई ९ विकेटले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो।

लगातार तेस्रो खेल जितेको आर्मी समूह ए मा ६ अंकका साथ शीर्ष स्थानमा छ। आर्मीले अब समूहको अन्तिम खेल एपीएफसँग खेल्नेछ। समूह चरणका ४ मध्ये १ खेल मात्र जितेको प्रदेश ४ भने २ अंक मात्र जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि नै समूह ए बाट प्रदेश १ बाहिरिसकेको छ। अब एपीएफ र प्रदेश २ मध्ये १ टिम सेमिफाइनल पुग्नेछ।

मुलपानी क्रिकेट मैदानमा आर्मीले ७६ रनको सामान्य लक्ष्य १६.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। आर्मीको जितमा सागर पुनले २६ रन योगदान गरे। अनिल मण्डलले नटआउट २८ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ आर्मीको बलिङ सामु टिक्न नसक्दा २९ ओभरमा ७५ रनमा अलआउट भयो। प्रदेश ७ का ओपनर अनिल गुरुङले नटआउट रहदै ४२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। प्रदेश ४ का ६ खेलाडी खाता समेत नखोली आउट भए।

प्रदेश ४ को इनिङ्स ध्वस्त पार्न आर्मीका विक्रम सोब, शहाब आलम र सागर पुनले ३-३ विकेट लिए। विक्रमले ८ ओभरमा २ मेडन राखेर १३ रन मात्र खर्चे भने सागरले ७ ओभल बलिङ गर्दै ३ मेडन राखेर १४ रन खर्चे। ३ ओभर बलिङ गरेका शहाबले १ मेडन राख्दै ६ रन मात्र खर्चे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell