PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

बनिष तिमल्सेना उर्फ 'बन्टी' - अनमोल



पहिलोपोस्ट

बनिष तिमल्सेना उर्फ 'बन्टी' - अनमोल

काठमाडौं: मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ फिल्मको टाइटल फाइनल भएको छ। अनमोल केसीको मुख्य अभिनयमा 'ब्याचलर बन्टी' बन्ने भएको हो।

हालै मात्र फिल्ममा अनमोल अनुबन्धित भएका थिए। पहिलोपोष्टसँगको संवादमा निर्देशक चाम्सले फिल्मको पात्रको नाम  बन्टी रहने बताए। उनले भने 'फिल्मको एउटा क्यारेक्टर हो बन्टी। बनिष तिमल्सेना उर्फ 'बन्टी', पात्रको नाम।'

केही समयअघि अनमोल 'ए मेरो हजुर ३' मा पनि अनुबन्धित भएका थिए। अहिले अनमोल  फिल्म क्याप्टेनमा व्यस्त छन्। 'ए मेरो हजुर ३' को छायाँकनपछि अनमोलले यस फिल्ममा काम गर्नेछन्। ए मेरो हजुर ३ को छायाँकनपछि निर्देशक चाम्स अनमोललाई लिएर असोजतिर छायाँकनमा जानेछन्।

फिल्ममा प्रदीप भारद्वाजको कथा र सुदिप खड्काको निर्माण रहनेछ। यो वर्ष चाम्स निर्देशित 'ब्लाइन्ड रक्स', 'ह्याप्पी डेज' र 'लिलीबिली' प्रदर्शनमा आए। बोबी‍‍‍ प्रदर्शनको तयारीमा छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell