PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

आजको हुरी र वर्षाले २७ मेगावाट विजुली आपूर्ति रोकियो, काठमाडौंमा सूचारु नै



पहिलोपोस्ट

आजको हुरी र वर्षाले २७ मेगावाट विजुली आपूर्ति रोकियो, काठमाडौंमा सूचारु नै

काठमाडौं : चिलिमे-त्रिशुली १३२ केभी प्रसारणलाइनमा क्षति पुग्दा २७ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएको छ।

आज दिउँसो आएको हावा हुरी र भारी वर्षाका कारण चिलिमे-त्रिशुली प्रसारण लाइनको भैंसेमा तारमा क्षति पुग्दा, चिलिमे जलविद्युत केन्द्रको २२ मेगावाट र मैलुङ खोला जलविद्युत आयोजनाको ५ मेगावाट गरी २७ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए। यसबाट नुवाकोट लगायतका केही स्थानमा विद्युत आपूर्तिमा अवरोध आउन सक्ने प्राधिकरणले जनाएको छ।

आज दिउँसो करिब २ बजेतिर आएको हावा हुरी र भारी वर्षाका कारण प्रसारण लाइनमा क्षति भएको हो। अहिले प्राधिकरणको टोली प्रसारण लाइन मर्मतका लागि भैंसे  प्रस्थान गरिसकेको छ। आजै प्रसारण लाइन मर्मत गरी विद्युत सेवा सुचारु गरिने प्रवक्ता अधिकारीले जानकारी दिए।

चिलिमे-त्रिशुली-काठमाडौं प्रसारणलाइन हुँदै २७ मेगावाट विद्युत सिधै काठमाडौं ल्याउने गरिएको थियो। २७ मेगावाट विद्युत प्राणालीबाट बाहिर भए पनि उपत्यकामा विद्युत आपूर्ति भने सहज रुपमा भैरहेको प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell