PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

साताको पहिलो दिन नै ह्वात्तै झर्‍यो बजार



पहिलोपोस्ट

साताको पहिलो दिन नै ह्वात्तै झर्‍यो बजार

काठमाडौं : सरकारले वोनस र हकप्रदमा समेत आधार मूल्यमै पूँजीगत लाभकर लिने भएपछि आइतबार शेयर बजारमा कारोवार मापक सूचक ३३.७१ अंकले घटेर १२७३.९५ अंकमा झरेको छ। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा समेत करिव तीन प्रतिशतले घटेको छ।

सरकारले बोनस र हकप्रदमा समेत लागत मूल्य गणना गर्दा शेयरको अंकित मूल्यलाई लागत मूल्य मानेर पूँजीगत लाभकर लिने भएपछि शेयर बजार घटेको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।

दोस्रो बजारका लगानीकर्ता सरकारको निर्णयमा रुष्ट देखिएका छन्।यसले बजारमा ठूलो प्रभाव पार्ने भन्दै सरकारले गरेको निर्णयको लगानीकर्ताले विरोध गर्ने अर्यालले बताए।

लगानीकर्ताले दोस्रो बजारमा हकप्रद, वोनसकै लागि लगानी गर्ने र त्यसको प्राप्ति पछि मूल्य समायोजन हुने गरेकोमा अब लगानीकर्तालाई बोनस र हकप्रदमा पनि आधार मूल्यमानै पूँजीगत लाभकर लगाउन न्यायोचित नहुने अर्यालको भनाई छ। यो निर्णय फिर्ता हुनुपर्ने माग गर्दै दवावमुलक कार्यक्रम गर्ने अर्यालले बताए।

हकप्रद र वोनस शेयरमा पूँजीगत लाभकर आधार मूल्यमै गणना गर्ने सरकारको निर्णय ठिक नभएको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा आत्माराम घिमिरेले बताए। भर्खरै वामे सर्दै गरेको बजारमा लगानीकर्तामाथि करको भारी बोकाउँदा यसले लगानीकर्ताको थप मनोवल खस्किन गइ वजार थप ओर्लेको उनको अनुमान छ।

आइतवार कारोवारको सुरुवात देखिनै तिव्र घटेको वजार १२ वजेपछि सम्हालिएको थियो। आधा घण्टा थोरै बढेको बजार साढे १२ बजेपछि पून घट्न थालेको थियो। एक बजेपछि सामान्य देखिएको बजार अन्तमा थप घट्दै बन्द भएको छ।

आइतबार १५५ कम्पनीका नौ लाख ९७ हजार कित्ता शेयर ५४ करोड ६६ लाख रुपैयाँको कारोबार भयो। सबैभन्दा बढी राष्ट्रिय वीमा कम्पनीको संस्थापक शेयर तीन करोड ७६ लाख रुपैयाँमा कारोवार भयो।

नौ समूहको कारोबारमा उत्पादनमुलक समूह बाहेक सबै उपसूचक घटेका छन्। उत्पादनमूलक समूह ३५.८८ अंकले बढेको छ। बैंक २६.०४, होटल ६१.४४, विकास बैंक ३०.८३, जलविद्युत ३३.०९, फाइनान्स ८.३९, वीमा २९०.८३, अन्य १७.७७  र लघुवित्त ५५.०७ अंकले घटेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell