PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

टुँडिखेल खुलामञ्चको ६ रोपनी जग्गा महानगरपालिकाले दियो दरबार हाइस्कूललाई, अब विद्यार्थी पढ्ने

टुँडिखेल खुलामञ्चको ६ रोपनी जग्गा महानगरपालिकाले दियो दरबार हाइस्कूललाई, अब विद्यार्थी पढ्ने

दिनेश खड्का/पहिलोपोस्ट


काठमाडौँ : विभिन्न राजनीतिक परिवर्तनको साक्षी रहेको टुँडिखेलस्थित खुलामञ्च यतिबेला आफै अतिक्रमणमा परेको छ। खुलामञ्चको आधा भाग काठमाडौँ महानगरपालिकाले बसपार्क बनाइसकेको छ भने आधा भागको आधा अंशमा अहिले धमाधम नयाँ संरचना बन्दैछ। त्यहाँ केही समयपछि विद्यार्थीहरु पढ्दै छन्। 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार दरबार हाइस्कुललार्इ टुँडिखेलको करिब ६ रोपनी जमिन छ महिनाका लागि दिएको हो। करिब डेढ महिना अघि काठमाडौंँ महानगरपालिका र दरबार हाइस्कुलबीच सम्झौता भएको हो।

दरबार हाइस्कुलका लागि अस्थायी विद्यालय बनाएर पठनपाठन गर्नका लागि उक्त जग्गा दिर्एइको प्रवक्ता कार्कीले जानकारी दिए। उनका अनुसार अहिले दरबार हाइस्कुललले अस्थायी विद्यालयको संरचना बनाउने काम गरिरहेको छ। 

उनले  दरबार हाइस्कुलको रानीपोखरी अगाडि रहेको भवनको ग्राउण्ड लेभलको पुननिर्माण भएपछि यो जग्गा खाली गर्ने छ। यदि उक्त समयसम्म ग्राउण्ड लेभलको पुननिर्माण भएन भने पुनः समय थप गरिने पनि उनले बताए।
 


ट्रेन्डिङ पोस्ट

Ncell