
ब्राजिलका चर्चित प्रशिक्षक कार्लोस अल्बर्टो परेइराले रसियामा आयोजना हुने २०१८ फिफा विश्वकपको टेक्निकल स्टडी ग्रुपको (टिएसजी) नेतृत्व गर्दै छन्। इंग्ल्याण्डमा आयोजित १९६६ विश्वकपदेखि टिएसजीले लगातार सबै प्रतियोगिताहरुको तथ्याङ्क राख्दै आएको छ। टिएसजीले विश्वकपका खेलहरुको अध्ययन गर्ने गर्दछ।
परेइराले आफ्नो प्रशिक्षणमा ब्राजिललाई १९४ मा अमेरिकामा भएको विश्वकप जिताएका थिए।
रसिया विश्वकप २०१८ को संघारमा परेइरासँग फिफाडटकमले गरेको अन्तर्वाताको अंश
कुन विश्वकप तपाईँलाई सबैभन्दा धेरै सम्झना छ?
के म दुईवटा भन्न सक्छु (हाँस्दै)? हामीले जितेकाले मात्र होइन, १९७० को विश्वकपमा म कोचिङ स्टाफको रुपमा थिएँ र पेलेसँग खेल्दै हामी पहिलो ३ पटक विश्वकप जित्ने टिम भयौँ। त्यो सबै क्षण याद छ।
र, अर्को केही संघर्षका कारण १९९४ को विश्वकप। जुन बेला म मुख्य प्रशिक्षकको रुपमा थिएँ। हामी २४ वर्षसम्म उपाधीविहीन थियौँ र यो ब्राजिलियन फ्यान यसबाट खुसी थिएनन्। त्यहाँ एकदम धेरै दबाब थियो र कडा प्रतिस्पर्धा पनि। यी दुई हुन् जुन मेरा लागि खास छन्।
१९७० मा पेलेलार्इ बेन्चबाट हेर्दा वा १९९४ मा एक कोचको रूपमा ट्रफी जित्नेमा कुन विशेष छ?
दुवै महत्वपूर्ण तर भिन्न भावका क्षण थिए। एक महान खेलाडीसँग काम गर्न पाउनु सौभाग्य थियो र म त्यो सम्झन्छु र आजसम्म हामी मित्रका रुपमा रहँदा एकदमै खुशी छु। हामीले जितेको त्यो क्षणलार्इ म कहिल्यै बिर्सने छैन। त्यसैले पेलेसँग खेल्नु र विश्वकप जित्नुलार्इ म समान महत्व दिन्छु। पेलेसँग काम गर्न पाउनु र १९७० मा विश्व विजेता बन्न पाउनु।
जब कहीँ कतै मेरो परिचय दिइन्छ, अरब फुटबलमा मैले के गरेँ भन्ने आउँदैन तर उनीहरुले भन्नेछन्, कार्लोस अल्बर्टो परेइरा द विनर अफ ब्राजिल फोर्थ वर्ल्ड कप। त्यसैले यो सबै स्पेसियल छ।
१९७० पश्चात फुटबलको विकासमा भएको सबैभन्दा उल्लेखनीय पक्ष के हो?
यो प्रश्न धेरै सोधिने गर्दछ र उहिलेको फुटबल सुन्दर र रमाइलो हुन्थ्यो भने अहिलेको रोबोटिक र हतारिएर खेलेको जस्तो भन्ने धेरै छन् तर म त्यसरी लिन्न। आज आएर धेरै परिवर्तन भएको छ र धेरै नै भिन्न किसिमको भइसकेको छ। १९६६ सम्म खेलाडीहरुलार्इ खेल्न दिइन्थ्यो र व्यक्तिगत क्षमता बाहिर ल्याइन्थ्यो। १९६६ पश्चात आफू खेल र अरुलार्इ खेल्न नदेउ भन्दै फुटबलमा क्रान्ति आयो। फरवार्डहरुले डिफेन्सको काम गर्न थाले।
अहिले मलाई के आश्चर्य लाग्छ भने डिफेन्स र एट्याकका बीचमा परिवर्तन हुने गतिले अचम्मित बनाउँछ। यो एकदम राम्रो छ। १९७० मा खेलाडीहरु ४ र ६ मिलिमिटर बीच कुद्थे अहिले त्यो १२ देखि १४ सम्म छ। ट्याक्टिस परिवर्तनले म खुशी छु तर हामी भन्ने गर्छौं खेलको अर्थ नै ट्यालेन्ट हो। यदि तपार्इलार्इ विश्वकप जित्नु छ भने टिममा २/३ जना उत्कृष्ट खेलाडी चाहिन्छ: नेइमार, मेस्सी र क्रिस्टियानो रोनाल्डो। उनीहरुले खेलमा फरक पार्न सक्छन् जुन फुटबलका लागि राम्रो हो।
तपाईँले रसियामा कस्तो किसिमको फुटबल अपेक्षा गर्नुभएको छ?
निश्चय नै। फुटबल, जसमा टिमले टिमजस्तै भएर खेल्नेछन्। र, जतिसक्दो धेरै खेलाडीले डिंफेण्ड गर्नेछन्। एकदमै कम्प्याक्ट टिम। बल पछाडि धेरै खेलाडीहरु।
ब्राजिल, २०१४ को विश्वकपमा धेरै गोल भएका थिए, यो पालि त्यस्तै अपेक्षा छ?
यो राम्रो प्रश्न हो। भन्न धेरै गाह्रो छ तर मेरो अपेक्षा रेकर्ड नै तोडिने भन्दा पनि मध्यम खालको हुनेमा आशावादी छु। किनकि डिफेण्डले गोल हुन गाह्रो बनाउनेछ। म ठीक संख्यामा गोल हुने अपेक्षा गर्दछु।
तपाईँ पहिला नि टेक्निकल स्टडी ग्रुपको सदस्य हुनुहुन्थ्यो। रुसमा के भिन्नता हुनेछ?
मैले २००२ को विश्वकपबाट सुरु गरेको थिएँ। लण्डन र रियो ओलम्पिकमा पनि। अहिले धेरै नयाँ दिशा छन्। हामी खेल, खेलाडी, टिम, ट्रेन्डहरुको विश्लेषण गर्छौ। तर अब अरु धेरै विषयमा विश्लेषण हुनेछन्।
हामीले एउटा निश्चित विषयमा बारेमा एकदमै जिज्ञासु छौं। २०१८ को च्याम्पियन कुन शैलीमा खेल्नेछ? उदाहरणका लागि २००६ मा इटलीले जित्यो र ६० प्रतिशत गोल सेटपिस बाट भएको थियो। प्राविधिक क्षमताले फरक ल्याउनेमा मलाई कुनै शंका छैन। साथै टिमको रुपमा खेल्ने क्षमता पनि। त्यही कारणले हामी ब्राजिलबाट आशावादी छौँ। जोसँग इन्डिभिजुअल ट्यालेन्ट छन् जस्तै नेमार, काउटिन्हो र जेसस। तपाईँले सामुहिक पक्षलाई पनि छाड्नसक्नुहुन्छ। र त्यो सबै टिममा लागू हुन्छ।
भिएआर प्रविधिले कस्तो प्रभाव पार्ला ?
कुनै पनि खालको भ्रम, अनिश्चित्ता र गलत निर्णयहरुबाट अन्तिम परिणाममा हुने गल्तीको अन्त्य हुने मैले विश्वास लिएको छु। यसले रेफ्रीहरुलार्इ अझ सुरक्षित बनाउने छ। रेफ्रीहरुको गल्तीबाट होइन र कि राम्रो खेल्ने टिमले जित्नेछ।
यसले धेरै सहयोग गर्नेछ र नतिजालाई अझै एकैनासको बनाउनेछ। किनकि रिजल्टलाई असर पार्ने एउट पक्ष भनेको फुटबल आफैँ हो।
यो पहिलो पटक प्रयोग गरिने छ, यो सामान्य हो कि केही मान्छेले यस माथि प्रश्न गर्नेछन, तर मलाई लाग्छ कि यसले काम गर्नेछ। कसैले कुनै नराम्रो सम्झौता गर्ने छैन।
३ वटा विश्वकप लगातार युरोपियन राष्ट्रले जितेका छन्। युरोपियन राष्ट्रबाहेक अरुले रुस विश्वकप जित्न सक्छ?
यदि तपाईँ युरोपियन राष्ट्रबाहेक अरुले विश्वकप जित्न सक्छ भन्ने देख्नुहुन्छ भने त्यो दक्षिण अमेरिकी राष्ट्र हुनेछ। जम्मा दुई राष्ट्र मात्र छन् जसले त्यो निरन्तरता तोड्न सक्छन्। र, ती हुन् ब्राजिल र अर्जेन्टिना। मानिसहरुले भने कि अर्जेन्टिनाले क्वालिफायरमा राम्रो गर्न सकेन। तर, उनीहरुसँग विश्वकै उत्कृष्ट खेलाडी (मेसी) छन्। र, ब्राजिलसँग विश्वकै उत्ककृष्ट अट्याक छ। काउटिन्हो, नेमार, गाब्रिएल जेसस, फ्रिमिनो, डोग्लास कोस्टा जस्ता खेलाडी छन्। अरुसँग त्यस्ता खेलाडी छैनन् जसले जित्न सक्छन्।
निश्चय नै तपाईले जित्नै पर्छ भन्ने महत्वपूर्ण छैन। तपार्इसँग राम्रो र सन्तुलित टिम चाहिन्छ। यो नै मुख्य पक्ष हो।