
विराटनगर : ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्याका अभियुक्त 'डेविट' भनिने छिरिङ वांगेल घलेले सुन तस्करीमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन्।
आइतवार जिल्ला अदालत मोरङमा उपस्थित भएका डेविटले चुडामणि उप्रेती उर्फ 'गोर'ले भनेको डेविट आफू नरहेको समेत दावी गरे। उनले भनेका छन् – ‘अभियोग पत्रमा लेखिएको डेविट म होइन।‘
डेविटले संचारकर्मीसँग भने, 'अदालतले थुनामा पठाउने निश्चित छ। त्यसैले मैले त लुगाफाटा व्यवस्थित गरेर नै आएको छु।'
डेविटमा पक्षमा अधिवक्ता सरोज अधिकारी र बरिष्ठ अधिवक्ता विश्व भट्टराईले वकालत गरेका थिए।
उनले आफू पोखरमा भएको र समाचारमा नाम आएपछि परिवारको प्रेसरले अदालतमा उपस्थित भएको समेत जनाएका छन्। अदालतमा तपाईँ हालसम्म कहाँ हुनुहुन्थ्यो? भन्ने प्रश्नमा डेविटले पोखरमा जग्गाको कारोबार गरेर बसेको समेत बयान दिएका हुन्।
डेविट सुन तस्करीमा पक्राउ परेका भुजुङ गुरुङका ‘नाता पर्ने भिनाजु’ भएको बताएका छन्। कामको सिलसिलामा गुरुङसँग चिनजान भएको उनले बताए। तर, पछि हाइड्रोपावरको शेयर किन्ने विषयमा उनीसँग सामान्य मनमुटाव भएको समेत बताएका छन्।