PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

ब्राजिलको जितमा नेमार र फिर्मिनोको गोल



पहिलोपोस्ट

ब्राजिलको जितमा नेमार र फिर्मिनोको गोल

यही जुन १४ देखि रसियामा हुने विश्वकपअघि भएको वार्मअफ म्याचमा ब्राजिलले क्रोएसियालाई २-० ले पराजित गरेको छ। एनफिल्डमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो।

दोस्रो हाफमा मैदान प्रवेश गरेका नेमार र रोवर्टो फिर्मोनोले गोल गर्दै ब्राजिललाई जित दिलाएङ्का हुन्।

इन्जुरीपछि पुनरागमन गरेका नेमारले ६८औँ मिनेटमा फिलिप काउटिन्होको पासमा डि एरियाभित्र ३ खेलाडीलाई छलाउँदै गोल गर्दै अग्रता दिलाए। दोस्रो गोल भने इन्जुरी टाइममा फिर्मिनोले कासेमिरोको पासमा गरे।

विश्वकपमा ब्राजिल रहेको समूह ई मा कोस्टारिका, सर्बिया र स्वीटेजरल्याण्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell