PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सीमाबाट युवतीको उद्दारः एक भारतीयसहित तीन जना पक्राउ



पहिलोपोस्ट

सीमाबाट युवतीको उद्दारः एक भारतीयसहित तीन जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ।

युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

“भारतीयलाई सघाउने महाकाली नगरपालिकाका दुई जनालाई समेत पक्राउ गरेका छौँ” उनले भने। पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उनको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell