PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ



पहिलोपोस्ट

बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ

इटहरीः सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कुटपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

मन्दिरका पुजारीले छोरीलाई देवी देउता लागेका भन्दै स्थानीय मन्दिरमा पूजा गर्न भनेबमोजिम पूजा गर्दैगर्दा गढी निवासी सुवालाल मेहताको निर्देशनमा उनका छोरा रमेशकुमार मेहता, रञ्जीत मेहता र अमरलाल मेहताले महिलामाथि बोक्सी आरोप लगाउँदै कुटपिट गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो।

सुवालाल मेहताले युवालाई उक्साइ महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरी गाउँ नै निकाला गर्ने दुष्प्रयास गरेको अवस्थामा आइतबार साँझ तीन जना युवालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अघि बढाइएको छ।

पीडित महिलालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको प्रहरीले जानकारी दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell