PahiloPost

May 15, 2026 | १ जेठ २०८३

प्रतिनिधिसभा नियमावली संसदमा पेस गर्ने तयारी, सर्वदलीय बैठकमा परामर्श हुँदै



पहिलोपोस्ट

प्रतिनिधिसभा नियमावली संसदमा पेस गर्ने तयारी, सर्वदलीय बैठकमा परामर्श हुँदै

काठमाडौँः राजनीतिक दलहरूको विवादका कारण रोकिएको प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली आज प्रतिनिधिसभामा पेस गर्ने तयारी गरिएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा संशोधनसहितको प्रतिवेदन पेस गर्ने तयारी गरिएको हो। 

बिहान ११ बजे बोलाइएको सर्वदलीय बैठकले उक्त विषयमा निर्णय गर्नेछ। 

दलीय विवादका कारण नियमावली मस्यौदा सम्पन्न भएको एक महिनाभन्दा बढी समयमा पनि पारित हुने सकेको छैन। नियमावली सैद्धान्तिक छलफलपछि संशोधन दर्ताका लागि यसअघि अनुमोदन भएको थियो। 

नियमावलीमा ६ संशोधन दर्ता भएका छन्। जसमा सत्तापक्ष र प्रतिपक्ष दुबै दलका संशोधन छन्।
 

यी हुन् विवाद

मुख्य गरी फौजदारी अभियोगमा पुर्पक्षका लाथि थुनामा रहेका सांसद् निलम्बन हुने वा नहुने विषयमा विवाद छ। निलम्बनका पक्षमा तत्कालीन एमाले, नेपाल मजदुर किसान पार्टी, र राष्ट्रिय जनमोर्चाको संशोधन छ। यसअघि प्रारम्भिक मस्यौदामा स्वतः निलम्बनको व्यवस्थाको सट्टा सेवा सुविधा र पदीय हैसियतका पहिचान गर्न नपाउने व्यवस्था गरिएको थियो। यसअघि प्रचलनमा रहेका नियमावलीको व्यवस्था विपरीत उक्त मस्यौदा ल्याइएको भन्दै आलोचना भएको थियो। 

यस्तै, समिति संख्या घटाउन कांग्रेसको संशोधन छ। कांग्रेसले मस्यौदामा प्रस्तावित दश समितिलाई सात समिति बनाउन संशोधन दर्ता गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell