
काठमाडौँ: जेठ १३ गते धनगढीमा रहेको आइएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले आज बिहान गोङ्गबुबाट रामप्रवेश राना र कालु रानालाई पक्राउ गरेको हो। कालु जवर्जस्ती करणी मुद्धामा ६ वर्ष जेल सजाय भुक्तान गरी गत माघमा छुटेका थिए।
जेठ १३ गते लु ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले धनगढीको पुरानो भान्सा रोड सब्जीमण्डीमा आइएमईका कर्मचारी कार्कीमाथि गोली प्रहार गरी ९ लाख रुपैयाँ लुटेर भागेका थिए।