PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमाथि आक्रमण



पहिलोपोस्ट

रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमाथि आक्रमण
तस्विरः इन्द्रजित कुमार रायको फेसबुकबाट

रुपन्देहीः स्थानीय तहको नीति कार्यक्रम तथा बजेट तयारीबारे छलफल गरेर घर फर्कँदै गरेका रुपन्देही शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरीमाथि आक्रमण भएको छ।

गाउँपालिका  कार्यालयबाट घर फर्कँदै  गरेका उनलाई शुुद्धोधन गाउँपालिका ४ जुगडिया चोक नजिकै मोटरसाइकलमा आएको अज्ञात समूहले आक्रमण गरेको हो। नम्बर नखुलेको मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले बीच बाटोमा रोकेर तपाईँको चिठी छ भन्दै एक्कासी आक्रमण गरेको चौधरीले बताए। 

आक्रमणपछि उनीहरुले ६ बुँदे पर्चा समेत दिएर भागेको प्रहरी बताएको छ। उक्त पत्रमा  चौधरीलाई कारबाही किन भन्ने शीर्षकमा  विभिन्न ६ बुँदामा आरोपहरू लेखिएका छन्। 

उनीहरूले चौधरीमाछि कुटपिटपछि कालोमोसो पनि लगाइदिएका छन्। कुटपिटपछि जनक्रान्ति जिन्दाबाद भन्दै उनीहरू दक्षिणतिर भागेको पीडित चौधरीले बताए।

स्थानीय सत्ता किन नछाडेको भन्दै आक्रमण गरेको चौधरीले बताए। कुटपिटबाट चौधरी सामान्य घाइते भएका छन्।

चौधरीमाथि नदीजन्य पर्दाथको निकासी गरेको, सामान खरिदमा अनियमितता गरेको, नीति विपरीत बजेट बनाएको, अनावश्यक कर लगाएको लगायतका आरोप लगाएर पर्चा तयार पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञावालीले बताए। 

ज्ञवालीले आक्रमणकारीको खोजी भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell