PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

'लभ स्टेशन'मा प्रदीप



पहिलोपोस्ट

'लभ स्टेशन'मा प्रदीप

काठमाडौं: अभिनेता प्रदीप खड्का नयाँ फिल्ममा अनुबन्धित भएका छन्। हाल 'रोजी'को छायाँकनमा व्यस्त रहेका प्रदीपको 'लभ स्टेशन' बन्ने घोषणा भएको छ। 

आमा र छाराको कथामा ब‍न्ने फिल्मलाई उज्वल घिमिरेले निर्देशन गर्ने भएका छन्। फिल्ममा गोविन्द शाहीको  निर्माण रहनेछ। फिल्मको छायाँकन अमेरिका र नेपालमा हुने निर्माण टिमले जनाएको छ। फिल्मको स्क्रिप्ट सुवास सिंहले लेखेका हुन्। स्क्रिप्टको काम भने अझै सकिएको छैन।

फिल्मबारे प्रदीपले भने 'आमा र छोराको फिल्म हो, एकै दिनमा फिल्म गर्ने फाइनल भएको हो।' फिल्मका लागि अहिलेसम्म प्रदीप मात्र फाइनल भएको र अन्य कलाकार छनोट क्रम जारी रहेको निर्माण टिमले बताएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell