PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

नाम्चेबजारमा 'एभरेष्ट डे–२०१८'को सांगीतिक कार्यक्रम



पहिलोपोस्ट

नाम्चेबजारमा 'एभरेष्ट डे–२०१८'को सांगीतिक कार्यक्रम

काठमाडौं: एभरेष्ट डेको अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा 'एभरेष्ट डे–२०१८' सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। नाम्चेबजारको हिमालय आधारभूत विद्यालयको प्रांगणमा कलाकारहरुको साथमा लाईभ कन्सर्ट तथा डान्स पार्टि सम्पन्न भएको हो।  

कार्यक्रममा गायक प्रशान्त तामाङसहितबद्री पंगेनी, अभिनाष घिसिङ तथा प्रिया भण्डारीले गीतहरु गाएका थिए। पार्टि एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टको व्यवस्थापनमा विश्वकै सबैभन्दा अग्लो स्थानमा कन्सर्ट  आयोजना गरेको आयोजक टिमको पासाङ छिरिङले बताए।
 
डिजे तेन्जिङले कार्यक्रम परिसरलाई डान्स फ्लोरमा रुपान्तर गरिदिएछि स्वदेशी विदेशीहरु नाचेका थिए। साँझ ६ बजे प्रारम्भ भएको 'पार्टि एट टप अफ द वल्ड' उपशीर्षकको कन्सर्ट बिहान ५ बजेसम्म सञ्चालन भएको थियो । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell