PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

प्रदेशसभामा प्रधानमन्त्री ओलीको व्यंग्य: १० वर्षपछि नेपालमा फेमली प्लानिङ गर्नुपर्दैन



पहिलोपोस्ट

प्रदेशसभामा प्रधानमन्त्री ओलीको व्यंग्य: १० वर्षपछि नेपालमा फेमली प्लानिङ गर्नुपर्दैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षपछि नेपालमा फेम्ली प्लानिङ नगरे नहुने बताएका छन्। प्रदेश ३ को प्रदेशसभाको विशेष बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

उनले नेपालीहरू उपभोगवादी भएको भन्दै नेपालीले आफ्नो बानी सच्याउनुपर्ने बताए। 'हामी उपभोगवादी भएका छौँ उत्पादन मुखी होइन उपभोगवादी भएका छौँ अलिअलि जागिरखा छ, उपभोगवादी भयौँ। हामीलाई लामालामा सिता चाहिन्छ,' उनले भने, 'हामीलाई बाहिरबाट आएका माछा किन खानुपर्यो , त्यो माछामा हालेको फर्मालिनले मानिसलाई १० वर्षमा नपुंसक बनाउँछ। अब १० वर्षमा नेपालमा फेमली प्लानिङ नगरे हुन्छ।' 

नेपालीहरूले अनुत्पादक क्षेत्रमा बढी खर्च गरिरहेको भन्दै उनले भने, 'पानी खाए हुने ठाउँमा म्याङ्गो जुस, लिची जुस, के के हो के के? त्यहाँ लिचिको बोक्रा पनि हुँदैन् सबै केमिकल फ्लेवर हो हामीले किन पैसा खेर फालेका छौँ?' 

'कुहेको केरा नखाए के हुन्छ, पानी खाए के हुन्छ। हामी अर्बौँको पेय पदार्थ किनिरहेका छौँ। हामीले हाम्रो आनीबानी पनि सच्याउनुपर्ने छ,' उनले भने।  

उनले नेपालीहरूलाई चाराकै लागि भौँतारिनु नपर्ने बताए। 'बिहानै उठेर चराले जस्तै चारोको खोजीमा भौँतारिनुपर्ने। रातविराता मुसाले जस्तो चारो खोज्न कुद्नुपर्ने अब त्यस्तो हुँदैन्,' उनले भने, '२१ औँ शताब्दीका हामी चाराकै लागि भौँतारिनुपर्दैन्। अब २-४ वर्षमा कोही भोकै पर्दैन कोही भोकले मर्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell