PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

प्रदेशसभा ३ मा प्रधानमन्त्री ओलीको सम्बोधनः भ्रष्टाचारीको मुख पनि हेर्दिन, हेण्डसम होस की व्यूटिफुल



पहिलोपोस्ट

प्रदेशसभा ३ मा प्रधानमन्त्री ओलीको सम्बोधनः भ्रष्टाचारीको मुख पनि हेर्दिन, हेण्डसम होस की व्यूटिफुल

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । प्रदेश ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुहार समेत नहर्ने बताए। 

‘मैले भनेको छु, म पनि भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न, भ्रष्टाचार गर्‍यो भने मुहार पनि हेर्दिन,’ उनले भने, ‘पहिला कारबाही हुन्छ। त्यसपछि बल्ल हेरौँला। मेरो मान्छे थियो की, मेरो पार्टीको थियो, हेन्डसम थियो की, व्यूटिफुल थियो केही पनि हेर्दिन् कारबाही हुन्छ।’ 

उनले मुलुकको विकासका लागि पनि सरकारले भ्रष्टाचार उन्मूलन अभियान नै सञ्चालन गर्ने बताए। प्रधानमन्त्री ओलीलेसरकारले गरिबी, भ्रष्टाचार र पछौटेपनको विरुद्ध आक्रमणको नीति लिएको बताए। 

प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि भ्रष्टाचारलाई अन्त्य गर्न सहकार्य गरेर अघि बढ्न प्रदेश सरकारहरूलाई पनि आग्रह गरे। उनले कृषिको आधुनिकीरकरण, व्यवसायिकीकरण गर्ने प्रतिबद्धता पनि जनाए। 

उनले हेटौँडा कपडा कारखाना तत्काल सञ्चालनमा ल्याउने घोषणा समेत गरे। त्यसका लागि आवश्यक मेसिनहरू तत्काल खरिद गर्ने उनको भनाई थियो। 

प्रधानमन्त्री ओलीले भारतले समेत प्रतिस्पर्धा गर्न नसक्ने गरी सिमेन्टको उत्पादन गर्न सक्ने कच्चा पदार्थ नेपालसँग रहेको भन्दै सिमेन्ट उत्पादन गरी निर्यात गर्ने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell