PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

अकूत सम्पत्ति जोड्ने ४० जनामाथि अख्तियारको छानविन



पहिलोपोस्ट

अकूत सम्पत्ति जोड्ने ४० जनामाथि अख्तियारको छानविन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गर्ने ४० जना भन्दा बढीको अनुसन्धान सुरु गरेको छ।
 
आयोगमा परेको उजुरी तथा विशेष सुचनाका आधारमा ४० जनामाथि अनुसन्धान सुरु गरिसकिएको आयोगका सहसचिव तथा प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। उनले भने, 'हामीले ४० जनाको सम्पत्तिबारे छानविन गरिसकेका छौं। सुचना अरु पनि छ पहिलो चरणमा ४० जना परेका छन्।‘ 

४० जना माथि अनुसन्धान भए पनि उनले कसैको नाम भने खुलाउन चाहेनन्। 

चालु आर्थिक वर्षको वैसाख मसान्तसम्म अयोगमा १६ हजार ८ सय ८ वटा उजुरी परेको छ। तर, प्रारम्भिक अनुसन्धानबाट ८ हजार ३ सय १० वटा फर्छ्यौट भएका छन्। तामेलीमा जाने उजुरीको सङख्या ४ हजार १ सय ६६ छ। कतिपय उजुरी रिसइवी र प्रमाण पुष्टि नहुने प्रकृतिका भएकाले तामेलीको सङ्ख्या बढी हुने गरको सहसचिव दंगालले बताए।

आयोगमा सबैभन्दा धेरै शिक्षा मन्त्रालयसँग सम्बन्धित घोटालाका उजुरी आउने गरेको छ। चालु आर्थिक वर्षमा ३ हजार ४४ वटा उजुरी परेको छ। शिक्षकको नियुक्ति, छात्रबृत्तिमा घोटाला, भवन निर्माणमा हिनामिना लगायतमा उजुरी आउने गरेको छ। त्यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका २ हजार ७ सय १४ वटा उजुरी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell