
साविक विजेता जर्मनीले यही जुन १४ बाट रसियामा हुने विश्वकप फुटबलका लागि सोमवार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।
टोलीमा पुनरागमन गरेका गोलकिपर मानुएल नोएले स्थान बनाउदा विंगर लरेय साने र गोलकिपर बर्न्ड लेनो भने अटाएनन्। यसअघि घोषणा गरिएको प्रारम्भिक २७ सदस्यीय टोलीबाट साने, लेनोसँगै जोनाथन ताह र निल पिटरसन भने अटाएनन्।
२३ सदस्यीय जर्मनीको टोली
गोलकिपर : मानुएल नोए, मार्क आन्द्रे टेर स्टेघन, केभिन ट्राप
डिफेन्डर : जेरोम बोएटाङ, माथियस जिन्टर, जोनास हेक्टर, माट्स हुमेल्स, जोसुआ किमिक, मार्भिन प्लाटेनहार्ड्ट, एन्टोनियओ रुडिगर, निकलस सुले
मिडफिल्डर : जुलियन ब्रान्ड्ट, युलियन ड्राक्सलर, इकाए गुन्डागोन, सामी खेडिरा, टोनी क्रुस, मेसुट ओजिल, लियोन गोरेट्जका, सेबास्टियन रुडी
फरवार्ड : मार्को रिउस, मारियो गोमेज, टिमो वेर्नर, थोमस मुलर