PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दुई दर्जन योजना अलपत्र पारी ठेकेदार फरार : काम नगर्नेको लिस्ट पठाइयो 'बादल'कोमा



पी बी खड्का

दुई दर्जन योजना अलपत्र पारी ठेकेदार फरार  : काम नगर्नेको लिस्ट पठाइयो 'बादल'कोमा
तस्विर: निर्माण स्थगित भएपछि भेरीगंगा नगरपालिका छिन्चु स्वास्थ्य चौकी भवन ।

सुर्खेतः निर्माण व्यवसायीहरुको चरम लापरवाहीले वर्षौदेखि दर्जनौ विभिन्न निर्माणाधीन संरचनाहरु अलपत्र परेका छन्। सम्बन्धित सरोकारवालाको फितलो अनुगमन र योजनाको काम प्रतिको बेवास्ताले कतिपय काम छोडेर ठेकेदार वेपत्ता छन् भने कतिपय ठेकेदारले काम विचमै अलपत्र बनाएका छन्। 

कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी झण्डै दुई दर्जन बढी योजना अलपत्र परेको देखिन्छ। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा मात्रै १० वटा निर्माणाधीन भवन, सडक, पुल लगाएतको काम चौपट भएको देखिन्छ। 

भवन डिभिजन र सडक डिभिजन कार्यालयबाट निर्माण गर्न अनुमति पाएका योजनाहरु अलपत्रमा परेका हुन्।

निर्माण वयवसायीको लापरवाही र सम्बन्धित सरोकारवालको बेवास्ताले योजनाहरु बीचमै रोकिएका छन्। कतिपय योजनाहरु बन्ने कि नबन्ने भन्ने सम्म भइसकेका छन्।  
सुर्खेतमा मात्रै ५ वटा स्वास्थ्य चौकीका भवनको निर्माण कार्य अलपत्र परेका छन्। कतिपय भवन निर्माणको सम्झौता मिति टरेको वर्षौ भइसक्दा समेत गति लिन सकेको छैन भने, कुनै स्थास्थ्य चौकीको काम अघि बढ्ने की नबढ्ने भन्ने दुविधामा छ।
 

महामारी फैलिने जिल्लाकै स्वास्थ्य भवन अधुरै


सुर्खेतको वीरेन्द्रनगरको कटकुवा स्वास्थ्य चौकी, भेरीगंगाको छिन्चु स्वास्थ्य चौकी, पश्चिम सुर्खेतको गुटु स्वास्थ्य चौकी, र काफलकोट स्वास्थ्य चौकीको योजना निर्माण विचैमा अलपत्रमा छन्। त्यस्तै वीरेन्द्रनगरको कटकुवा स्वास्थ्य चौकी र गुटु स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा लिएका ठेकेदार अहिले भवन डिभिजन कार्यालयको सम्र्पकमा नआएको कार्यालयले जनाएको छ। 

वर्षेनी महामारी फैलिने जाजरकोटमा समेत स्वास्थ्य चौकीको भवन निर्माण कार्य अलपत्र परेका छन्। ठेकेदारकै लापरवाहीले थुप्रै भवनहरु विचमै छोडको पाईएको छ। जाजरकोट बडकुले स्वास्थ्य चौकी  र प्रसुति गृह भवन निर्माण जिम्मा लिएको फ्रान्डस कन्ट्रक्सनले आधा मात्रै काम गरेर छोडेको डिभिजन कार्यालय सुर्खेतले जानकारी दिएको छ। 

त्यस्तै, सिमारात्मा स्वास्थ्य चौकी प्रसूति गृह, खगेनकोट स्वास्थ्य चौकीमा अझै काम सुरु भएको छैन्। मैनाचुली सुरुचि निर्माण कम्पनीले लिएको ठेक्काका योजना सिमारात्मा स्वास्थ्य चौकी हो भने खगेनकोट स्वास्थ्य चौकी जिएम कन्ट्रक्सन कम्पनीले निर्माण कार्यको सम्झौता लिएको हो। 

त्यस्तै जाजरकोटकै घरङ्गा स्वास्थ्य चौकी भवन लगाएतका योजना अलपत्र परेका छन्। यो योजनाका कतिपय ठेकेदारहरुले काम नै सुरु गरेका छैनन् भने कतिपय ठेकेदार फरार रहेको भवन डिभिजन कार्याल सुर्खेतले जनाएको छ। 

त्यसैगरी, दैलेखमा समेत विभिन्न निर्माणाधिन योजना अलपत्रमा छन्। यसको एउटा गतिलो योजना हो नौमुले प्राथमिक स्वास्थ्य केन्द्रको भवन पनि अलपत्र रहेको छ। 

काम नगर्ने ठेकेदारको लिष्ट गृहमन्त्रालयमा


यता, जिल्ला प्रशासन कार्यालय सुर्खेतले काम विचैमा छोड्ने निर्माण व्यवासायीको लिष्ट संघीय गृहमन्त्रालयमा पठाएको जनाईएको छ। ‘सुर्खेतमा अलपत्र भएका योजना र निर्माण व्यवसायीको लिष्ट गृहमन्त्रालयमा पठाएका छौँ।’ प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले भने,‘गृहमन्त्रालयको जे आदेश आउँछ त्यही अनुसार कारवाही प्रक्रिया अगाडि बढाउँछौँ।’ केहि दिन अघि सुर्खेत आएका गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदार र गुणस्तरहिन काम गर्नेको लिष्ट संकलन गरी पठाउन निर्देशन दिएका थिए। 

समयमै काम सक्ने कम्पनी पुरस्कृत


ठेक्का सम्झौता भएको मितिमै सक्ने निर्माण व्यवसायीलाई पुरस्कृत समेत गरेको छ। तोकिएकै मितिमा काम सकाएको भन्दै सपना निर्माण सेवा (हेटौँडा) लाई बोनस सहित पुरस्कृत गरिएको हो। कट्टीखोला मोटरेबल पुल निर्माण तोकिएको मिति भन्दा दुई महिना अगाडि नै काम सकाएकाले ५ लाख ५ सय ३७ रुपैँया पुरस्कार उक्त कम्पनीका रुपक थापाले प्राप्त गरेका थिए। पुल ३ करोड ४३ लाख २५ हजार २ सयमा सम्झौता गरी काम सूरु गरेका थिए। 

एक वर्षको ठेक्का ६ वर्ष वित्यो, काम भने अधुरै 


भेरीगंगा नगरापलिका छिन्चुको निर्माणाधिन स्वास्थ्य चौकीको भवन करिव ६ वर्ष देखि अलपत्र परेको छ। निर्माण कार्य सुरु भएको ६ वर्ष वितिसक्दा पनि ठेकेदार कम्पनीको लापरवाहिले भवन निर्माणको कार्य अहिले स्थगित भएको छ। 

स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा पाएको फ्रान्डस कन्स्ट्रक्सन कम्पनि काठमाण्डौँले उक्त भवन २०६९ चैत्र मसान्तमा सम्पन्न  गर्नुपर्ने थियो। निर्माणको कार्य हेर्ने हो भने ७० प्रतिशत सकिएको र बाँकि ३० प्रतिशत मात्र रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। 

भवन निर्माणको मुख्य काम सबै भैसकेको हुँदा अव बाँकि झ्याल, ढोका, विद्युत वारिङ्ग, घरको फिनिसिङ लगायत धाराहरुको काम मात्र बाँकी रहेको छ। 

डिभिजन कार्यालय सुर्खेतसंग उक्त कम्पनिको आर्थिक वर्ष २०६८ पौष महिनामा ठेक्का कबुल गरेको रकम एक करोड २९ लाख ७२ हजारमा सम्झौता भएको थियो। सम्झौता भएको मितिले करिव १ वर्षमा सक्नुपर्ने थियो तर ठेकेदारले विभिन्न बाहाना बाजि बनाएर काम अलपत्र पारेको डिभिजन कार्यालय सुर्खेतले जनायो। 

कार्यालयका लेखाअधिकृत परशुराम पराजुलीले भने जति सक्यो त्यति छिटो काम गर्न ठेकेदारलाई पनि ताकेता गरेको बताए पनि अहिले काम स्थगित भएको छ।

झण्डै ६ वर्ष बिति सक्दा पनि निर्माणाधिन भवनले पूर्णता पाउन नसकेकाले बारम्वार ज्ञापन पत्र र ध्यानाकर्षण गराउँदा समेत कार्यालयले काम गराउन नसकेको उक्त स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष डम्बर ढकालले बताउ।  

कार्यालयले प्रत्येक पटक मौखिक रुपमा हामी छिट्टै नै ठेकेदार कम्पनिलाई गर्न लगाउँछौ  भन्दै टार्ने गरेको भवन डिभिजनले अहिले आएर काम नै स्थगित अध्यक्ष ढकालले दुखेसो पोखेँ। 

निर्माण सम्पन्न नहुदैँ भवनको भित्ताबाट पलास्टर खस्न थालेको भन्दै निर्माण कार्यलाई तिव्रता नदिए भवनलाई पुखः मर्मत सुधार गर्नुपर्ने अवस्था आउने उनको भनाई छ।
 
ठेकेदारले कामको ढिलाई गरेको भन्दै काम सम्पन्न गर्न म्याद गरी २०७२ बैशाखमा सक्नु पर्ने थियो तर, ठेकेदारले चरम लापरवाहीले कामनै स्थगित गरिएको छ। 

भवनको काम अव ३० प्रतिशत मात्र रहेको भवन डिभिजन कार्यालयको भनाई छ। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतसंग उक्त कम्पनिको आर्थिक वर्ष २०६८ पौष महिनामा ठेक्का सम्झौता भएको हो भने, रकम एक करोड २९ लाख ७२ हजारमा सम्झौता भएको थियो। सम्झौता भएको मितिले करिव १ वर्षमा सक्नुपर्ने थियो तर ठेकेदारले विभिन्न बाहाना बाजि बनाएर काम अलपत्र पारेको डिभिजन कार्यालय सुर्खेतको भनाई छ। 

वर्ष बित्यो जगमात्रै 


त्यस्तै, सुर्खेतकै अर्काे स्वास्थ्य चौकी रतुमा भवन निर्माणका लागी पि.एम. कन्ट्रक्सन सेवा खलङ्गा जाजरकोटले जिम्मा लिएको करिब एक वर्ष भईसकेको छ। तर, एक वर्षमा स्वास्थ्य चौकी भवनको जगमात्रै खनिएको छ। उक्त भवन सम्झौता भएको मितिले १८ महिनामा सक्नुपर्ने छ।
 
करिब डेढ करोडको लगानीमा बन्न लागेको स्वास्थ्य चौकीको भवन २०७४ जेठ ३१ गते निर्माण कम्पनीलाई १८ महिनामा काम सक्ने गरी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जिम्मा दिएको थियो। १४ वटा कोठा निर्माण गर्ने स्वास्थ्यको भवन अव बाँकी ७ महिना मात्रै छ। निर्माण व्यवसायीले २०७५ पौष १ भित्र काम सक्नुपर्ने छ। 

यता, भवन डिभिजन कार्यालयका निमित्त प्रमुख कमल दर्लामीले ठेकेदारलाई काम तिव्र अघि बढाउन ताकेता गरेको बताए। ‘पटक–पटक काम सम्पन्न गर्न ताकेता गरिरहेकै छौं।’ उनले भने,‘अव काम अघि नबढाए कारवाहि प्रक्रिया जान्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell