PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

पिएम कप क्रिकेट : प्रदिप र सुवासको शतक, एपीएफ सेमिफाइनलमा



पहिलोपोस्ट

पिएम कप क्रिकेट : प्रदिप र सुवासको शतक, एपीएफ सेमिफाइनलमा
प्रदिप ऐरी, फोटो : क्रिकेटिङ नेपाल

काठमाडौँ : सुवास खकुरेल र प्रदीप ऐरीको शानदार शतक बनाएपछि विभागीय टोली एपीएफ प्रदेश २ लाई पराजित गर्दै प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेको छ।

प्रदेश २ लाई ९६ रनले हराएपछि ३ खेलबाट ६ अंक जोडेको एपीएफले आर्मीसँगै अन्तिम चारमा स्थान पक्का गरेको हो। अब यी दुईबीच हुने समूह चरणको अन्तिम खेलबाट समूह विजेता र समूह उपविजेताको छिनोफानो हुनेछ।

कीर्तिपुरस्थित टीयू इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको एपीएले प्रदिपको १५८ तथा सुवासको १०३ रनको मद्दतमा ३३९ रन बनाएको थियो।

दोस्रो इनिङ्सको खेल वर्षाले प्रभावित बनेपछि प्रदेश २ ले २८ ओभरमा २०२ रनको नयाँ लक्ष्य पाएको थियो। तर उसले ९ विकेट गुमाएर १०५ रन मात्र बनाउन सकेपछि एपीएफ डिएल मेथड अनुसार ९६ रनले विजयी भयो।

एपीएफका लागि प्रदीपले १३५ बल खेल्दै १३ चौका र ८ छक्काको मद्दतमा १५८ रन बनाए। उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् भने राष्ट्रिय क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन्।

यस्तै १ सय ३० बलको सामना गरेका ओपनर सुवासले ७ चौका र २ छक्का प्रहार गरेका थिए। एपीएफका पृथु बास्कोटाले २५ र भुवन कार्कीले १६ रन जोडे। बलिङतर्फ प्रदेश २ का दिव्यांशु मलिकले ५ विकेट लिए। ९ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ८४ रन खर्चिएका थिए।

प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ३८ तथा सुरज पटेलले ३४ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। उसलाई कम स्कोरमा रोक्न एपीएफका कप्तान बसन्त रेग्मी र करण केसीले ३-३ विकेट लिए। ४ ओभर बलिङ गरेका बसन्तले १ मेडन राख्दै १० रन खर्चे।

यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ३ लाई डिएल मेथडअनुसार ३० रनले पराजित गर्दै प्रदेश ५ ले पनि सेमिफाइनलमा लगभग स्थान पक्का गरेको छ। पेरदेश ५ अन्तिम खेलमा नेपाल पुलिससँग फराकिलो अन्तरले हारेमात्र सेमिफाइनल पुग्न असफल हुनेछ। पेरदेश ५ को ३ खेलबाट ५ अक छ र रनरेट ३ भन्दा माथि छ। ४ खेल नै खेलिसकेको प्रदेश ७ को पनि ५ अक नै छ र रनरेटमा माइनस छ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ४४.५ ओभरमा सबै विकेट गुमाएर १५२ रन बनाएको थियो। भुपेन्द्र थापाले सर्विधक ४६ रन बनाएको एनिङ्मा रुपेश श्रीवास्तवले नटबउट २१ रन बनाए।

बलिङमा प्रदेश ५ का लाल खअधिकारीले ४ तथा कृष्ण कार्की, सन्दीप सुनार र विक्रम भुसालले २-२ विकेट लिए।

२०.५ ओभरमा ३ विकेट गुमाएर ८९ रन बनाउदा खेल वर्षाले प्रभावित भएपछि डिएल मेथड अनुसार प्रदेश ५ लाई विजयी घोषणा गरिएको हो। प्रदेश ५ का लागि सन्दीप सुनारले ३८ रन बनाए।

हारपछि ३ खेलबाट २ अंक मात्र जोडेको प्रदेश ३ प्रतियोगिताबाट बाहिरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell