PahiloPost

May 15, 2026 | १ जेठ २०८३

प्रम ओलीको प्रश्न : च्याउ भन्दा मान्छे बस्ने घर सस्तो किन?



पहिलोपोस्ट

प्रम ओलीको प्रश्न : च्याउ भन्दा मान्छे बस्ने घर सस्तो किन?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण र जनताको जीवनस्तर उठाउने काममा लाग्न सम्पूर्ण मन्त्रालय र मन्त्रीहरूलाई निर्देशन दिएका छन्। जनता आवासका नाममा पैसा खर्च भएको तर त्यसले उपलब्धि हासिल नभएको भन्दै योजना बनाएर अघि बढ्न निर्देशन दिए।

"जनता आवास भनिएको छ, खर्च भएको छ। तर उपलब्धि खै?,' उनले भने, 'अब योजना बनाउनुस्। च्याउलाई बरू बलियो घरमा पालिन्छ। जनता त्योभन्दा सस्तो घरमा बसिरहेका छन्। अब यस्तो हुन भएन।'

प्रधानमन्त्री ओलीले फुसको घर जल्दा जनताले सर्वस्व गुमाउनु पर्ने अवस्था रहेको भन्दै अब कति जनता बलियो घरमा छन् कति जनताको आवास छैन तथ्यांक खोज्न पनि निर्देशन दिए।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell