PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एकाएक हाहाकार भयो पेट्रोलियम, आज थानकोट डिपोबाट दोब्बर परिमाण बजारतिर



पहिलोपोस्ट

एकाएक हाहाकार भयो पेट्रोलियम, आज थानकोट डिपोबाट दोब्बर परिमाण बजारतिर

काठमाडौं : नेपाल आयल निगमको थानकोट डिपोले सोमबार माग भन्दा दोब्बर पेट्रोलियम पदार्थ बिक्री गरेको छ।

ट्यांकर चालकको हड्तालका कारण भारतबाट तेल आउन नसकेपछि काठमाडौं उपत्यकामा अभाव देखिएपछि निगमले माग भन्दा दोब्बर पेट्रोलियम पदार्थ दिएको हो। निगमका प्रवक्ता वीरेन्द्र गोइतले सोमबार थानकोट डिपोबाट ११ लाख लिटर पेट्रोल र १३ लाख लिटर डिजल वितरण गरिएको बताए।

‘हामीले थानकोट डिपोबाट माग भन्दा बढी तेल दिएका छौं। उपभोक्ता आतिनुपर्ने अवस्था छैन,’  उनले बिजमाण्डूसँग भने, 'ट्यांकर चालकसँग समेत हामीले वार्ता गरिसकेका छौं। उहाँहरु रक्सौंलबाट तेल ल्याउन तयार हुनुभएको छ। बरौनीबाट ल्याउने बारेमा आनकानी गरिरहनुभएको छ। तर भोलिसम्म यो समस्या समाधान हुने अपेक्षा गरेका छौं।‘

काठमाडौं उपत्यकामा सामान्य समयमा पाँच लाख लिटर पेट्रोलको खपत हुन्छ भने डिजल ८ लाख लिटर खपत हुन्छ। तर आन्दोलन हुने वित्तिकै उपभोक्तामा मनोवैज्ञानिक त्रासका कारण तेल भण्डारण गर्ने हुनाले माग एकाएक बढ्ने गर्छ।

इन्डियन आयल कर्पोरेशनका कर्मचारीबाट दुर्ब्यवहार भएको भन्दै ट्यांकर चालकले भारतबाट तेल ल्याउन बन्द गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell