PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

रसिया विश्वकपका लागि ३२ वटै राष्ट्रको अन्तिम टोली घोषणा, हेर्नुस को को परे?



पहिलोपोस्ट

रसिया विश्वकपका लागि ३२ वटै राष्ट्रको अन्तिम टोली घोषणा, हेर्नुस को को परे?

यही जुन १४ बाट रसियामा सुरु हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम घोषणा भएको छ।

फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक रुपमा सार्वजनिक गरेको हो।

फिफाले १० दिनअघि कूल ७३६ खेलाडीको नाम सार्वजनिक गरेको हो।

वर्तमान विश्व फुटबलका चर्चित र उत्कृष्ट खेलाडीहरुले खेल्ने विश्वकपमा केही चर्चित र स्टार नामहरु भने हुनेछैनन्।

सन् २०१४ मा ब्राजिलमा च्याम्पियन बनेका जर्मनीको ९ खेलाडी यस विश्वकपमा समेत छन्।

विश्वकपमा छनोट हुन असफल भएका इटली, चिली र नेदरल्याण्ड्सका सम्पूर्ण खेलाडीले विश्वकप गुमाउनेछन्। यस्तै विश्वकपमा छनोट हुन असफल भएका केही साना देशका ठूला स्टार पनि यस पटक विश्वकपमा हुनेछनैनन्।

रसिया विश्वकपमा नदेखिने चर्चित नामहरुमा गोलरक्षकहरु जियानलुजी बफोन, अर्जेन्टिनाका सर्जियो रोमेरो, स्लोभाकियाका जोन अब्लाक, डिफेण्डरहरुमा डाले ब्लाइण्ड, डेविड अलावा, भान जिक, माउरो इकार्डी, आर्येन रोवेन, अर्टुरो भिदाल, एलेक्स सान्चेज, मेमफिस डिपाए, पिएरे एमरिक औवामेयाङ, एलेकजान्डर लाजाकाटे, अल्भारो मोराटा, लरेय साने, क्रिस्टियन बनेटेके लगायत छन्।

रसियामा विश्वकप खेल्ने ३२ देशका अन्तिम खेलाडीको लिस्टका लागि यहाँ क्लिक गर्नुहोस्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell