PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

एसियन गेम्सका लागि पौडी खेलाडी छनोट



पहिलोपोस्ट

एसियन गेम्सका लागि पौडी खेलाडी छनोट

काठमाडौं : आगामी सेप्टेम्बरमा इन्डोनेसियाको जकार्तामा हुने १८औं एसियाली खेलकुदका लागि नेपाली पौडी खेलाडी छनोट भएका छन्। नेपाल पौडी संघको आयोजनामा सोमवार सम्पन्न २२औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा सर्वाधिक फिना अंक ल्याउने पुरुष/महिला २–२ गरी ४ खेलाडी एसियाडलाई छनोट गरिएको पौडी संघले जनाएको छ।

पुरुषमा शुभम श्रेष्ठ र शिरीश गुरुङ छनोट भए। १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट ०८.९४ सेकेन्डमा पूरा गरेका शुभमले ५ सय २४ अंक प्राप्त गरे। शिरीशले १ सय मिटर फ्रि स्टायल ५७.०३ सेकेन्डमा तय गर्दै ४ सय ८९ अंक जोडे।

महिलामा गौरिका सिंह र टीसा शाक्य छानिए। २ सय मिटर फ्रिस्टायलमा २ मिनेट ०९.१९ सेकेन्डको प्रदर्शन गरेकी गौरिकाले ६ सय ३० फिना अंक जोडिन्। त्यस्तै टीसाले ५ सय ७ अंक हासिल गरिन्। टीसाले १ सय मिटर फ्रिस्टायल १ मिनेट ०३.८२ सेकेन्डमा तय गरेकी थिइन्। वैकल्पिक खेलाडीको पुरुषमा अनुभव सुब्बा र महिलामा डुवाना लामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell