PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले जित्यो, राष्ट्रिय खेलका लागि १०२ जना खेलाडि छानिए



पहिलोपोस्ट

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले जित्यो, राष्ट्रिय खेलका लागि १०२ जना खेलाडि छानिए

सुर्खेत: कर्णालीमा भएको पहिलो प्रदेशस्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सुर्खेतले हात पारेको छ। सुर्खेतको वीरेन्द्रनगरमा शनिवारदेखि भएको प्रतियोगितामा जुम्ला दोस्रो तथा सल्यान तेस्रो भयो। 

प्रतियोगितामामा प्रथम, दोस्रो र तेस्रो हुने जिल्लालाई शिल्डसहित क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिएको छ।

पुरुषतर्फ भलिबल प्रतियोगितामा सल्यान पहिलो, रुकुम दोस्रो र सुर्खेतले तेस्रो स्थान प्राप्त गर्न सफल भयो। त्यस्तै, महिलातर्फ भलिबलमा सल्यान प्रथम, कालिकोट दोस्रो तथा जुम्लाले तेस्रो स्थान हात पारेको छ।

भलिबल (छात्रा) तर्फ सल्यानकी लिला के.सी र छात्रतर्फ सल्यानकै रञ्जित विक उत्कृष्ठ खेलाडी घोषित भएका छन्।

कपर्दीमा छात्रा तर्फ सुर्खेतकी देवीका थापा र छात्र तर्फ सल्यानका नवराज क्षेत्री उत्कृष्ठ घोषित भए। करातेमा उत्कृष्ठ छात्रा एलिना थापा मगर र छात्र तर्फ चिरन थापा उत्कृष्ठ खेलाडी बन्न सफल भए।

त्यस्तै, तेक्वान्दोमा छात्र तर्फ लक्ष्मण गुरुङ(दैलेख) र छात्रा तर्फ मनिषा विक(सुर्खेत), उसु खेलमा छात्र तर्फ कृष्ण सिं (सुर्खेत) र छात्रा तर्फ मालिका सार्की(सुर्खेत) उत्कृष्ठ भए।

प्रतियोगितामा पुरुष कपर्दीतर्फ सल्यान प्रथम र दैलेख दोस्रो भए भने महिला कपर्दीतर्फ सुर्खेत प्रथम र दैलेखले दोस्रो स्थान हात पारेको छ।

त्यस्तै, एथ्लेटिक्स तर्फ नवराज रावत(जुम्ला) उत्कृष्ठ खेलाडी घोषित भए। खेलकुद पत्रकार मञ्च सुर्खेत शाखाले जुम्लाका खेलाडी रावत र भलिबल खेलाडी चरित्र शाहीलाई (कालिकोट) नगद सहित सम्मान गरेको थियो।

छनौट भएका १०२ जना खेलाडी आगामी जेठको २३,२४ र २५ काठमाडौँमा हुने राष्ट्रिय खेलमा सहभागिता जनाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell