PahiloPost

May 15, 2026 | १ जेठ २०८३

लागूऔषध अफिमसहित दाङमा तीनजना पक्राउ



पहिलोपोस्ट

लागूऔषध अफिमसहित दाङमा तीनजना पक्राउ

तुलसीपुरः अवैध लागूऔषध अफिमसहित दाङमा प्रहरीले तीनजनालाई सोमबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम वली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षीय देवबहादुर ओली रहेका छन्।

उनीहरुको साथबाट पाँच केजी २०० ग्राम अफिम बरामद गरिएको पनि प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो । उनीहरुलाई घोराही उपमहानगरपालिका–१५ मा अफिमको कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि प्रदेश नं ५ को प्रहरी कार्यालय, तुलसीपुर र जिल्ला प्रहरी कार्यालय, दाङबाट गएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकाका बारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell