PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

करेन्ट लागेर धनुषामा दुई जनाको मृत्यु



पहिलोपोस्ट

करेन्ट लागेर धनुषामा दुई जनाको मृत्यु
प्रतीकात्मक तस्विर

महेन्द्रनगरः धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुने दाजुभाइ रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारी अनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको छ।

सोमबार साँझ आफ्नै घरमा बिजुलीका मर्मत गरिरहेको बेला करेन्ट लागेको थियो। करेन्ट लागेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell