PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

गोरे रहेको कारागारमा बस्न नमानेपछि एसएसपी खत्रीलाई झुम्का सारियो



पहिलोपोस्ट

गोरे रहेको कारागारमा बस्न नमानेपछि एसएसपी खत्रीलाई झुम्का सारियो

काठमाडौँ: सुन तस्करी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका निलम्वित एसएसपी श्याम खत्रीलाई सुनसरीस्थित क्षत्रीय कारागार झुम्का सारिएको छ।

जिल्ला अदालत मोरङको थुनछेक आदेशपछि मोरङ कारागारमा राखिएको थियो। तर, एसएसपी खत्रीले मोरङ कारागारमा गोरे भएकाले सुरक्षा खतरा रहेको भन्दै झुम्का कारागारमा राख्न माग गरेका थिए। माग अनुसार खत्रीलाई झुम्का लगिएको डिएसपी निशान्त थापाले बताए।

३३ किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीबार अदालतमा पुगेका थिए।

सुन प्रकरणका चर्चित तस्कर गोरे मोरङ जिल्ला कारागारमा रहेकोले आफू असुरक्षित भन्दै उनले झुम्का कारागारमा लैजान माग गरेका थिए। सुन प्रकरणमा समातिएका गोरे बाहेकका अन्य अभियुक्त पनि झुम्कामै राखिएका छन्। थुनामा रहेका प्रहरी अधिकारीलाई पनि झुम्कामा नै राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell