PahiloPost

May 15, 2026 | १ जेठ २०८३

भारत लैजाँदै गरेको मरिचसहित ट्रक र चालक प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

भारत लैजाँदै गरेको मरिचसहित ट्रक र चालक प्रहरी नियन्त्रणमा

वीरगंजः अवैध रूपमा नेपालबाट भारत लैजाँदै गरिएको मरिचसहितको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरजंग महानगरपालिका १६ बाट इलाका प्रहरी कार्यालय इनार्वाको टोलीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो। 

प्रहरीका अनुसार ट्रकमा अन्दाजी १२ हजार २०० किलो मरिच रहेको छ। पक्राउ पर्नेमा चालक भारत उत्तर प्रदेशका धमेन्द्र कुमार रहेका छन्। जिल्ला प्रहरी कार्यालय वीरगंजका अनुसार ०७४ साउन १४ यता १८ हजार केजी मरिच बरामद भएको छ। 

समातिएको ट्रकलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पथलैयाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell