PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

क्लब फुटबलका यी स्टार खेलाडीहरु : जो रसियामा खेल्नेछैनन्, घरमै बसेर विश्वकप हेर्दैछन्



पहिलोपोस्ट

क्लब फुटबलका यी स्टार खेलाडीहरु : जो रसियामा खेल्नेछैनन्, घरमै बसेर विश्वकप हेर्दैछन्

प्रत्येक फुटबल खेलाडीले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप हो र आफ्नो खेल जीवनमा एकपटक विश्वकप खेल्ने सबैको चाहना हुन्छ।

त्यसका लागि छनोट चरण पार गरेर विश्वकपसम्म स्थान बनाउनुपर्छ। तबमात्र विश्वकप खेल्ने सपना पुरा हुन्छ।

तर केही खेलाडी यस्ता पनि छन् जसको राष्ट्र विश्वकपमा छनोट त भएका छन् तर उनीहरुले भने विश्वकप खेल्ने अन्तिम टोलीमा स्थान बनाउन सकेनन्।

यही जुन १४ देखि रसियामा २१औँ संस्करणको विश्कव फुटबल सुरु हुँदैछ र त्यसका लागि सहभागि ३२ वटै टोलीको २३ सदस्यीय अन्तिम टोली घोषणा भइकसेको छ।

क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने तर रसियामा विश्वकपमा अनुपस्थित यी स्टार जो अब घरमै बसेर विश्वकप फुटबल हेर्दैछन्।

जसमा भर्खरै मात्र युरोपियन च्याम्पियन्स लिग जितेका वेल्सका स्टार गारेथ बेलदेखि एलेक्स सान्चेज, अनी भेट्रान गोलकिपर जियानुलजि बफोनदेखि विश्वकै महागा डिफेण्डर भान जिक समेत छन्।

स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट ला लिगामा उत्कृष्ट प्रदर्शन गर्दै आएका जोन अब्लाक स्लोभेनिया छनोट हुन नसकेपछि विश्वकपमा हुनेछैनन्। यस्तै ४ पटकको च्याम्पियन इटली छनोट हुन नसकेपछि भेट्रान गोलकिपर बफोनसँगै डिफेण्डरहरु लियोनार्दो बोनुची र जर्जियो केलिइनी तथा फरवार्डद्वय सिरो इम्मोबाइल र लरेन्जो इनसिग्ने पनि विश्वकपमा हुनेछैनन्।

इटलीजस्तै नेदरल्याण्ड्स विश्वकपमा छनोट हुन नसकेपछि गोलकिपर ज्यास्पर सिलेसन, डिफेण्डर भर्जिन भान जिक र डनले ब्लाइन्ड, मिडफिल्डर मेमफिस डिपाए घरमै बसेर विश्वकप हेर्नेमा छन्।

यस्तै कोपा अमेरिका च्याम्पियन चिली छनोट नभएपछि एलेक्स सान्चेज र अर्टुरो भिदाल तथा इक्वेडरका एन्टोनी भ्यालेन्सिया पनि विश्वकपमा हुनेछैनन्। वेल्स पनि छनोट हुन नसकेपछि गारेथ बेल र आरोन राम्से जस्ता स्टार रसियामा देखिने छैनन्।

विश्वकपमा छनोट भएपनि चोटका कारण अर्जेन्टिनाका गोलकिपर सर्जियो रोमेरो, ब्राजिलका ड्यानी अल्भ्स, फ्रान्सका लउरेन्ट कोसिन्ले छन्।

यसबाहेक विश्वकपमा छनोट भएका तर टिममा नपरेकामा अर्जेन्टिनाका फरवार्ड माउरो इकार्ड, जर्मनीका दुई युवा खेलाडी मारियो गोएट्जे र लरेय साने, फ्रान्सका लुकास डिग्ने, दिमित्री पायट, एलेक्सजान्डर लाजकाटे, किंग्सले कोमन र एन्टोनी मार्टिएल स्पेनका अल्भारो मोराटा, सेस फाब्रेगास, पेड्रो, मार्कोस अलोन्सो, हेक्टर बेलेरिन अनी इंगल्याण्डका जो हार्ट, क्रिस स्मालिङ लगायत छन्।

विश्वकपमा छनोट हुन नसकेपछि चिलीका अर्टुरो भिदाल र नेदरल्याण्ड्सका आर्येन रोवेनले सन्यास घोषणा गरिसकेका छन्। यस्तै विश्वकपकमा छनोट भएपनि बेल्जियमको प्रारम्भिक टोलीमा नपरेपछि राद्जा नाइङगोलानले पनि सन्यास घोषणा गरिसकेका छन्।

 

विश्वकपमा छनोट हुन नसकेका स्टार खेलाडीहरु

गोलकिपर

जियानलुजी बफोन, इटली

जोन ओब्लाक, स्लोभेनिया

 

डिफेण्डर

भर्जिल भान जिक, नेदरल्याण्ड्स

डेभिड अलावा, अष्ट्रिया

लियार्दो बोनुची, इटली

जर्जिययो केलिइनी, इटली

एन्टोनी भ्यालेन्सिया, इक्वेडर

 

मिडफिल्डर

रियाद महारेज अल्जेरिया

अर्टुरो भिदाल, चिली

हेनरिख मिखतर्‍यान, अल्वानिया

आर्येन रोवेन, नेदरल्याण्ड्स

क्रिस्टियन पुलिसिक, अमेरिका

मारेक हमसिक, स्लोभाकिया

एलेक्स सान्चेज, चिली

गारेथ बेल, वेल्स

 

फरवार्ड

सिरो इम्मोबाइल, इटली

लरेन्जो इनसिग्ने, इटली

एडेन जेको, बोस्निया एण्ड हर्ज गोभिना

पिएरे एमरिक औबामेयाङ, गाबोन

 

यी खेलाडी जसको राष्ट्र विश्वकपमा छनोट भएर पनि टिममा पर्न सकेनन्

गोलकिपर

जो हार्ट, इंगल्याण्ड

सर्जियो रोमेरो, अर्जेन्टिना

 

डिफेण्डर

क्रिस स्मालिङ, इंगल्याण्ड

ड्यानी अल्भ्स, ब्राजिल

हेक्टर बेलेरिन, स्पेन

मार्कोस अलोन्सो, स्पेन

लुकास डिग्ने, फ्रान्स

 

मिडफिल्डर

लरेय साने, जर्मनी

मारियो गोएट्जे, जर्मनी

दिमित्री पायट, फ्रान्स

एन्टोनी मार्टिएल, फ्रान्स  

 

फरवार्ड

अल्भारो मोराटा, स्पेन

माउरो इकार्डी, अर्जेन्टिना

एलेक्जान्डर लाजाकाटे, फ्रान्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell