PahiloPost

May 15, 2026 | १ जेठ २०८३

घरजग्गा कारोबारी सुधीर बस्नेत रिहा



पहिलोपोस्ट

घरजग्गा कारोबारी सुधीर बस्नेत रिहा
फाइल फोटो

काठमाडौं : घरजग्गा कारोबार ठगीमा जेल सजाय भोग्दै आएका सुधीर बस्नेत रिहा भएका छन्। 

करिब दुई अर्ब बराबरको रकम हिनामिनापछि फरार रहँदै आएका घरजग्गा तथा हाउजिङ व्यवसायी बस्नेतलाई २०७३ पुस १२ गते बस्नेतलाई धापासीमा रहेको उनकै निवासबाट पक्राउ गरेको थियो। 

उनलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको थियो। त्यसलगत्तै उनी लामो समय फरार थिए।

डिल्लीबजार कारागारका प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार आइतबार साँझ अदालतको आदेश अनुसार रिहा भएका हुन्।  

उनी विभिन्न व्यक्तिसँग घर तथा अपार्टमेन्ट उपलब्ध गराउने भन्दै करोडौँ उठाएर फरार भएका थिए। कुमारी बैंक, सिद्धार्थ बैंक, प्राइम कर्मसियल बैंक लगायतबाट उनले करौडौँ ऋण समेत लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell