PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

स्वच्छ वातावरण भावी पुस्ताको अधिकार : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

काठमाडौं : प्रधानमन्त्री के.पी शर्मा ओलीले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको भएको र उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व भएको बताएका छन् ।
 
विश्व वातावरण दिवसमा शुभकामना सन्देश दिँदै ओलीले वातावरणको स्वच्छता र सुन्दरता कायम राख्न देश भरिका जनसमुदायको सहभागितामा हरियाली प्रवर्द्धन, प्रदूषण नियन्त्रण र सरसफाई अभियान सुरु भएको देख्दा ज्यादै खुसी लागेको बताएका छन्। 

यस्तै, ओलीले सरकारले अंगीकार गरेको समृद्ध नेपालः सुखी नेपाली भन्ने संकल्पलाई साकार पार्न सबैजना मिलेर वातावरण संरक्षणमा लाग्न आह्वान गरेका छन्।

ओलीले नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको बताउँदै संविधानले प्रत्याभूत गरेको यो अधिकारको उपभोग गर्नका लागि पर्यावरणीय सन्तुलन बिग्रन दिन नहुने भन्दै त्यसका लागि हामी सबैले आआफ्नो कर्तव्य पनि पूरा गर्नु पर्ने बताए।

ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूत गतिमा अग्रसर भइरहँदा वातावरण प्रदुषण साझा चुनौतीका रुपमा देखा पर्न हुँदा वातावरणको संरक्षणमा सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र काम गर्न जरुरी रहेको बताए। 
  
वातावरण संरक्षण दिगो आर्थिक विकासको पूर्व शर्त हो भन्दै ओलीले वातावरणको संरक्षण मार्फत दिगो विकासका लक्ष्यहरु हासिल गर्न हरेक नेपालीलाई व्यक्तिगत एवं सामूहिक रुपमा अझ सक्रियताका साथ अगाडि बढ्न हार्दिक आव्हान गरेका हुन्। 

संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ का दिन “विश्व वातावरण दिवस” मनाउने घोषणा गरेको थियो। त्यसै अनुरुप यस वर्ष “प्लाष्टिक प्रदूषण निर्मुल पारौं, पुन: प्रयोग गर्न नसके बहिष्कार गरौँ” भन्ने नाराका  साथ विविध कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell