PahiloPost

May 15, 2026 | १ जेठ २०८३

ट्याक्सीमा छुटेको पाँच लाख केही घन्टामै हातमा! कसरी भयो सम्भव? 



पहिलोपोस्ट

ट्याक्सीमा छुटेको पाँच लाख केही घन्टामै हातमा! कसरी भयो सम्भव? 
फाइल फोटो

काठमाडौं : ट्याक्सीमा छुटेको सामान सजिलै फेला पर्ला भनेर तपाईँले सोच्नु भएको छ? अझ त्यो पैसा भए कति सम्भव होला? त्यसमा पनि पाँच लाख रुपैयाँ। 

सोलुखुम्बु कहाकुलुङ ४ घर भई हाल काठमाडौंको कपन बस्दै आएका ५० वर्षीय धन राईले भने हराएको ‘धन’ केही घन्टामा नै फेला पारेका छन्। 

मंगलवार बिहान करिब ७ बजेतिर उनी कपन फैका चोकबाट ट्याक्सी चढेर बागबजार पुरानो बसपार्क पुगे। ट्याक्सीबाट ओर्लिए। त्यतिकैमा ट्याक्सी हिँड्यो। राईले आफुसँग भएको पैसा ट्याक्सीमा नै छुटेको थाहा पाए। 

त्यसपछि हतासिएका राई महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगे। उनले ट्याक्सी नम्बरसमेत याद गरेका थिएनन्। तर, प्रहरीले राईको बयानको आधारमा ट्याक्सी पत्ता लगायो। ट्याक्सी चालक थिए ओखलढुङ्गा जिल्लाका २९ वर्षीय ओम प्रसाद डोटेल। उनलाई प्रहरीले सोधपुछ गर्दा रकम फेला पारेको बताए। राईले केही घन्टामा नै हराएको रकम फेला पारे।

नम्बर समेत नखुलेको ट्याक्सी प्रहरीले कसरी पत्ता लगायो होला भन्ने जिज्ञासा लाग्यो होला। प्रहरीले चालकलाई ट्र्याक गर्न सीसी टिभी क्यामराले खिचेको फुटेज हेर्‍यो। त्यसैबाट ट्याक्सी पहिचान भयो। गुमिसकेको धन राईको धन सकुशल फिर्ता भयो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell