PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

रसिया विश्वकपको रोचक प्रसंग : यस्तो छ अंकमा



पहिलोपोस्ट

रसिया विश्वकपको रोचक प्रसंग : यस्तो छ अंकमा

विश्व खेलकुदको कुम्भमेला रसिया विश्वकप २०१८ नजिकिँदै छ। सहभागि ३२ राष्ट्र २१औँ संस्करणको विश्वकपका लागि तयार छन् भने भने फ्यान र फुटबल पण्डितहरु यसपटक कसले विश्वकप जित्ला भनेर अड्कलबाजी गरिरहेका छन्।

विश्वकप सुरु हुन अब ९ दिन बाँकी छ। त्यसका लगि आयोजकले रसियाले पनि तयारी पुरा गरिसकेको छ।

यस्तै फिफाले ३२ वटै राष्ट्रका अन्तिम टोलीको नाम सार्वजनिक गरिसकेको छ।
 

विश्वकप सुरु हुनुअघि रसिया विश्वकपका केही रोचक पक्षलाई अंकमा प्रस्तुत गरिएको छ।

१ : रसिया विश्वकपमा १ टिम च्याम्पियन बन्नेछ। १ ट्रफिका लागि ३२ टोली प्रतिस्पर्धामा छन्।

२ : २१ औँ संस्करणको यस विश्वकपमा दुई राष्ट्रले डेब्यु गर्दैछन्। युरोपियन राष्ट्र  आइसल्याण्ड र सेन्ट्रल अमेरिकन राष्ट्रले पहिलो पटक विश्वकप खेल्न लागेका हुन्।

४ : ४ पटकको पूर्व च्याम्पियन इटली यस पटक विश्वकपमा छनोट हुन सकेन।

५ : मेक्सिकोका राफेल मार्केज लगातार पाँचै पटक विश्वकप खेल्ने टिममा छन्। उनले रसियामा विश्वकप खेले मेक्सिकोकै कार्भाजलको कीर्तिमान बराबरी गर्नेछन्।

६: १७५ केजी : विश्वकप विजेताले ६.१७५ केजीको विश्वकप ट्रपी उचाल्न पाउनेछन्।

९ : सन् २०१४ मा ब्राजिलमा विश्वकप जितेका मध्ये ९ खेलाडी रसियामा विश्वकप खेल्ने टिममा समेत छन्।

११ : रसियाको विभिन्न ११ शहरमा यस पटक विश्वकप आयोजना हुनेछ।

१२ : यस पटक विश्वकपका खेलहरु रसियाको ११ रंगशालमा खेलाइनेछ।

१६ : रसिया विश्वकपका लागि प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीबाट सर्वाधिक १६ खेलाडी छनोट भएका छन्।

१९ : रसियामा विश्वकप खेल्ने टिममा परेका मध्ये सबैभन्दा कान्छा खेलाडी हुन् अष्ट्रेलियाका ड्यानिएल अर्जानी। सन् १९९९ मा जन्मेका अर्जानी १९ वर्ष ५ महिनाका भए।

२३ : इंग्ल्याण्ड मात्र त्यस्तो एउटा टिम हो जसको टोलीमा रहेका २३ खेलाडी नै घरेलु लिगबाट खेल्छन्।

३८ : रसियामा विश्वकप जित्ने टिमले ३८ मिलियन अर्थात ३८ करोड अमेरिकी डलर पुरस्कार पाउनेछन्। उक्त रकम नेपालीमा कन्ऐर्ट गरदा ४ अर्ब १० करोड हुनेछ।

४५ : रसिया विश्वकपका सबैभन्दा पाका खेलाडी हुन एसाम अल हाडारी। ४५ वर्षी ५ महिनाका यी गोलकिपर इजिप्टका कप्तान समेत हुन्। उनी विश्वकप खेल्ने टिममा पर्ने अहिलेसम्मका सबैभन्दा पाका खेलाडी हुन्।

४०० : रसिया विश्वकपको कूल पुरस्कार राशी। यसपटक अघिल्लो विश्वकप भन्दा पुरस्कारमा ४२ मिलियन वृद्धि गरिएको छ।

७३६ : रसिया विश्वकपका लागि छनोट भएका कूल खेलाडी। ३२ राष्ट्रबाट २३ का दरले ७३६ खेलाडी रसिया विश्वकपका लागि छनोट भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell