PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

रसिया विश्वकप : सबैभन्दा बुढा र युवा खेलाडीबीचको अन्तर २६ वर्ष, ४५ वर्षे हाडारीको कीर्तिमान



पहिलोपोस्ट

रसिया विश्वकप : सबैभन्दा बुढा र युवा खेलाडीबीचको अन्तर २६ वर्ष, ४५ वर्षे हाडारीको कीर्तिमान

यही जुन १४ बाट रसियामा सुरु हुने विश्वकप फुटबलका लागि सहभागि ३२ वटै राष्ट्रको अन्तिम टोली सार्वजनिक भइसकेको छ। कूल ७३६ खेलाडीको नाम सार्वजनिक भएसँगै को बुढा र को युवा खेलाडी भन्ने चर्चा पनि सुरु भएको छ।
 

यस पटक विश्वकप खेल्ने टिममा परेका मध्ये सबैभन्दा बुढा र सबैभन्दा युवा खेलाडीको उमेरबीच नै २६ वर्षको अन्तर छ।

इजिप्टका गोलकिपर कप्तान एसा अल हाडारी रसिया विश्वकप खेल्ने टिममा परेका सबैभन्दा बुढा खेलाडी हुन्। उनी ४५ वर्ष ५ महिनाका भए।

हाडारी विश्वकप खेल्ने टिममा पर्ने मध्ये पनि अहिलेसम्मका सबैभन्दा पाका खेलाडी हुन्। चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा कोलोमबियाका गोलकिपर मोन्ड्रागोनले ४३ वर्षमा खेल्दै कीर्तिमान बनाएका थिए।

हाडारीले रसिमा विश्वकप खेले उनी विश्वकप खेल्ने अहिलेसम्मकै सबैभन्दा बुढा खेलाडी हुनेछन्।
 

यस्तै रसिया विश्वकप खेल्ने टिममा पर्ने सबैभन्दा कान्छा खेलाडी अष्टरेलियाका ड्यानिएल अर्जानी हुन्। सन् १९९९ मा जन्मेका अर्जानी १९ वर्ष ५ महिनाका भए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell