PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

हेर्नुस् तीन फिल्मका प्रचार पोस्टर



पहिलोपोस्ट

हेर्नुस् तीन फिल्मका प्रचार पोस्टर

काठमाडौं: तीन नेपाली फिल्मका पोस्टर सार्वजनिक भएका छन्। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मका पोस्टर सार्वजनिक गरेका हुन्। 

श्रावण ११ गते प्रदर्शन हुने फिल्म 'ची मुसी ची' को पोस्टरमा फिल्मका मुख्य कलाकार सुनिल क्षेत्री, सुशान्त कार्की र अलिशा शर्मा  फिचर्ड छन्।म्यूजिकल थ्रिलर विधामा बनेको फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्ममा उनीहरुसँगै शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायको अभिनय छ। 

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन्।  अनिल पाण्डे र प्रिन्स युवराज कार्की फिल्मका प्रस्तुतकर्ता हुन्। बासु न्यौपानेको छायाँकनमा बनेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन्।



त्यस्तै सोही मितिमा प्रदर्शन हुने अर्को फिल्म 'रोमियो एण्ड मुना'को  पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा एक बक्स प्रस्तुत गरिएको छ। 
निर्देशक  नरेश कुमार केसीका अनुसार बक्समा फिल्मकी पात्र मुनाले आफ्नो इखलाई राख्ने गर्छिन्। 

विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठको मुख्य अभिनय रहने फिल्ममा  निर्देशक केसीको पटकथा छ। प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले फिल्मलाई निर्माण गरेका हुन्। 



फिल्म वीराङ्गनाको पोस्टर सार्वजनिक भएको छ। असार २९ गते प्रदर्शन हुने फिल्मका चार पोस्टर सार्वजनिक भएका छन्। कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईं पोस्टरमा फिचर्ड छन्। 

एक्शन जनरा फिल्मलाई राज बहादुर सानेले निर्देशन गरेका हुन्। फिल्ममा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेकोछ। फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ​ राई रहेका छन्।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा शिल्पा, अनुप र पृथ्वीराज सँगै धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell