PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

'प्रसाद'मा निश्चल अनुबन्धित



पहिलोपोस्ट

 'प्रसाद'मा निश्चल अनुबन्धित

काठमाडौं: नि:सन्तान दम्पत्तीको कथामा बन्ने फिल्म 'प्रसाद'मा अभिनेता निश्चल बस्नेत अनुबन्धित भएका छन्। यसअघि विपिन कार्की र नम्रता श्रेष्ठ फिल्ममा अनुबन्धित भएका थिए। 

दिनेश राउतले फिल्मलाई निर्देशन गर्ने भएका हुन्। फिल्मको पृथक भुमिकामा कलाकार आवश्यक भएपछि निश्चललाई लिएको निर्माण टिमले जनाएको छ। 

असार १ देखि छायाँकनमा जाने तयारीमा रहेको प्रसादलाई सुशील पौडेलले लेखेका हुन्। सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको 'प्रसाद'मा राजेश श्रेष्ठको छायाँकन सुवाष भुसाल र कोशिष क्षेत्रीको संगीत रहनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell